‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज (साेमबार) नेपालले श्रीलंकाको सामना गर्दैछ। माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकासँग खेल्न लागेको हो।
खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ। नेपाल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने श्रीलंका पहिलो जितको खोजीमा छ।
यसअघिको खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पाखा लगाएकाे थियाे ।श्रीलंकासमेत सोही नतिजाका साथ बंगलोदशलाई ३ अंक सुम्पिएको थियो।
खेल अघि प्रि-म्याच पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीको प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले श्रीलंका बलियो टोली रहेको र सचेत भएर ३ अंकका लागि खेल्ने बताएका छन्। कप्तान किरणकुमार लिम्बुले ९० मिनेट मिहिनेत गर्दै ३ अंकका लागि खेल्ने बताए।
बिगत हेर्दा नेपालभन्दा श्रीलंका बलियो देखिन्छ । नेपाल र श्रीलंकाबीच हालसम्म १७ खेल भएका छन्। जसमा नेपालले ३ खेल आफ्नो पक्षमा राख्दा ८ खेल बराबरीमा समाप्त भएको छ। श्रीलंकाको पक्षमा ६ खेल गएको छ।
आज साेमबार नै पहिलो खेलमा भारत र बंगलादेश भिड्दैछन्। प्रतियोगितामा भारतको पहिलो खेल हो भने बंगलादेश लगातार दोस्रो जितकाे खोजीमा हुनेछ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया