अब बीएमडब्लू कारमा एप्पलको ‘भर्चुअल’ साँचो

बिएल संवाददाता

क्यालिफोर्निया

विश्व चर्चित बीएमडब्लू कम्पनीले आफ्नो नयाँ कारमा ‘भर्चुअल फङ्सन’ जोड्नका लागि एप्पल कम्पनीसँग सम्झौता गरेको छ। सोमबार क्यालिफोर्नियामा भएको एक कार्यक्रममा एप्पल कम्पनीले बीएमडब्लू कारमा संलग्न हुन लागेको आफ्नो ‘फिचर’ को जानकारी दियो। 

जसमा बिना कुनै साँचो तथा शारिरीक सहायता बिना ‘फिचर’ को सहयोगले कारलाई ‘अनलक’ गर्न सकिने जानकारी गराइएको थियो। यसका लागि ‘एनएफसी चिप’ प्रयोग गरिएको एप्पल कम्पनीेले जानकारी दिएको छ। 

बीएमडब्लूले सबैभन्दा पहिले यो ‘फङ्सन’ लाई ‘फेसलिफ्ट–५’ शृंखला सेडानमा जडान गर्दैछ। बीएमडब्लू आफ्नो गाडीमा बीएमडब्लू डिजिटल–किको रुपमा यसलाई बजारमा प्रस्तुत गर्दैछ। 

‘भर्चुअल कार–कि’ को अर्थ के हो?

भर्चुअल–कि (साँचो) एउटा डिजिटल साँचो हो, जुन गाडी प्रयोग गर्ने व्यक्तिको फोनमा भएको ‘एनएफसी चिप’ को सहयोगले गाडीलाई ‘अनलक’ गर्न सहयोग गर्छ। 

यो सुविधा विश्वव्यापी रूपमा केही गाडीमा मात्र उपलब्ध छ। एप्पल डिभाइसमा यसलाई पहिलो पल्ट प्रस्तुत गर्न लागिएको हो। बीएमडब्लूले पहिलेदेखि नै गाडीको केही मोडलमा एड्रोएडयुक्त डिभाइसका लागि यो प्रविधि प्रयोग गर्न सुझाव दिँदै आइरहेको थियो। तर, एप्पल डिभाइस प्रयोगकर्ताका लागि पहिलो पल्ट उपलब्ध गराउन लागिएको हो। 

एप्पलको विश्वव्यापी डेभलपर्स कन्फ्रेन्समा कम्पनीले एप्पल कार–किको आइओएस१४ आइफोन अपरेटिङ सिस्टमको नयाँ फिचर सार्वजनिक गर्यो। यो आउँदो महिना नै लञ्च हुँदैछ। यसको फिचरले आइओएस१३ मा पनि काम गर्ने बताइएको छ। 

सबैभन्दा पहिले बीएमडब्लू मोडलमा प्रस्तुत गर्न लागिएको एप्पल कार–कि आइफोनको यूडब्लूबी यू१ चिपमा निर्माण भएको छ।

प्रकाशित मिति: : 2020-06-23 19:29:12

प्रतिकृया दिनुहोस्