बलिउड अभिनेता गोविन्दा अहुजाको कार दुर्घटना भएको छ।
बुधबार साँझ उनको कारलाई यशराज ब्यानरसँग आबद्ध एक व्यक्तिको गाडीले ठक्कर दिएको हो।
कारमा गोविन्दाका छोरा यशवर्धन आहुजा र चालक सवार थिए।
ठक्कर दिने गाडीमा चालकमात्रै थिए।
घटनापछि जुहु पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ।
दुर्घटनामा दुबै गाडीमा सामान्य क्षति भएको छ।
कोही घाइते भएका छैनन्।