जिन्दगीको असली कथा

कृष्णराज सर्वहारी

क्रिकेट खेलाडी शरद भेषावकरसँग बिहे गरेपछि नायिका निशा अधिकारी गुमनामझैं भइन् । बच्चा जन्माउन अमेरिका गएपछि धेरैले ठाने, उनी उतै हराइन् । अब उतै बस्छिन् होला ।

हुन पनि ‘सानो बाँदर’ भन्दै गर्भवती भएको तस्बिरसमेत पोस्ट गरिरहने निशा एकाएक सामाजिक सञ्जालमा पनि अपडेट हुन छाडेकी थिइन् । जब कि उनी ६ महिने छोरा बोकेर नेपाल आएको पनि डेढ वर्ष भइसक्यो । ‘छोरा जन्मिएपछि ऊ नै सारा संसारझैं लाग्ने रहेछ । उसकै लालनपालनमा लागेपछि कताको सामाजिक सञ्जाल । आफ्नै जञ्जाल हुँदो रहेछ’, उनी भन्छिन् ।

अहिले निशा–शरद दम्पतीको छोरो युभान निशारद दुई वर्ष पुगेका छन् । लकडाउन अघिसम्म त निशारद मन्टेश्वरी स्कुल नै जान थालिसकेका थिए । स्कुलमा मादलको तालमा छोरालाई नाचेको देखेर निशा दंग पर्थिन् । उनले छोराकै लागि सानो मादल पनि किन्दिइन् । भन्छिन्, ‘बालुवाटारस्थित एक मन्टेश्वरी स्कुलमा करिब तीन महिना गयो छोरा । स्कुलमा लिन जाँदा आउनै मान्दैनथ्यो ।’ बच्चाहरूलाई नजानिँदो तरिकाले अनेक सिर्जना, कला सिकाउने प्रशिक्षण देखेर सक्नेलाई साना छोराछोरी मन्टेश्वरी स्कुलमा भर्ना गर्नसमेत सिफारिस गर्छिन् निशा ।

प्रकाशित मिति: : 2020-06-27 08:41:03

प्रतिकृया दिनुहोस्