मनको रणको जनको तनको ।
अब छैन यहाँ प्रभूता धनको ।।

सबको मनमा डरको घर छ ।
मरने बाँचने कसको भर छ ।।

रिस राग बरू सब त्याग अब ।
मन शुद्ध गरी अनि ढुक्क बस ।।

उपकार गरी मन शान्ति गर ।
अनि मेटियला मन भ्रान्ति पर ।।

मरि बाँचु बरू तब क्यै रहला ।
जिउँदै मरदा न त हुन्छ भला ।।

धन होस नहोस् सतकर्म गरौं
सहि कर्म गरौं पछि नाम छरौं ।।

प्रकाशित मिति: : 2020-06-27 13:57:19

प्रतिकृया दिनुहोस्