सुशान्त राजपूत आत्महत्या प्रकरणः १५ दिनमा ३० बढी मानिससँग सोधपुछ

बलिउडका कलाकार सुशान्त सिंह राजपूतको निधन भएको १५ दिन बितिसकेको छ। प्रहरीले सुरुवाती छानबिन र पोस्टमर्टमको रिपोर्टलाई आधार बनाउँदै उनले आत्महत्या गरेको बताइरहेको छ। तर, सुशान्तका समर्थक, परिवार तथा केही दिग्गज नेता र राजनीतिज्ञहरूले यसलाई नियोजित हत्या भनेका छन्। 

यसै सिलसिलामा प्रहरीले ३० भन्दा बढी मानिससँग सोधपुछ गरिरहेको छ। तर, पुलिसले अहिलेसम्म आत्महत्याको ठोस जानकारी पाउन सकेको छैन। उनको निधनले अहिले बलिउड दुई भागमा विभाजित छ। 

१४ जुन दिउँसो करिब २ बजेर ३० मिनेट जाँदा सुशान्तले आत्महत्या गरेको खबर मिडियामा प्रकाशित भएको थियो। उनको निधनको खबरले सबैलाई आश्चर्यमा पारेको थियो। सधै सकारात्मक रहने ३४ वर्षीय उदयमान कलाकारले घाटीमा डोरी झुण्ड्याएर आत्महत्या गर्छन भनेर। १४ जुनमै उनको पोस्टमर्टम भएको थियो भने १५ जुनमा मुम्बईको विले पार्ले स्थित पवन हंस घाटमा अन्तिम संस्कार गरिएको थियो। 

उनको निधनपछि अभिनेत्री कंगना रनोटले सुशान्तको आत्महत्याको पछाडि करन जौहर र उनको परिवारवादमा विश्वास गर्ने समूह सक्रिय रहेको भन्दै कडा आलोचना गरेकी थिइन। 

कंगनाको भनाईप्रति सहमति जनाउँदै निर्देशक शेखर कपुर, अनुभव सिन्हा, हेयरस्टाइलिस्ट सपना भवनानी र अभिनेता रणवीर सौरीले सुशान्त भाई–भतिजावादको सिकार भएको बताए। 

शेखरले आफ्नो ट्वीटमा लेखे, ‘मलाई थाहा छ, तिमी कति दुःखबाट हिँडिरहेका थियौं। मलाई उनीहरूको कथा थाहा छ, जसले तिमीलाई निराश तुल्याए। तिमी मेरो पाखुरामा टाउको राखेर रुने गथ्र्यो। पछिल्लो ६ महिना म तिमीसँग बस्न पाएको भए या तिमी मेरो समीप आएको भए कहानी अर्के हुन्थ्यो। तिमीसँग जे भयो, यो उनीहरूको कर्मको फल हो। तिम्रो होइन।’

फिल्म निर्देशक अनुभव सिन्हाले लेखेका थिए, ‘बलिउडको विशेषाधिकार प्राप्त क्लबले आज राती बसेर गम्भीर विश्लेषण गर्नुपर्यो।’

सुशान्तका हेयरस्टाइलिस्ट सपना भवनानीले ट्वीटबाट खुलासा गरेका थिए, पछिल्लो समय उनी जीवनकै अफ्ठेरो समयबाट गुज्रिरहेका थिए।

‘बलिउडमा कोही पनि उनीसँग उभिएन, न कसैले सहयोग गरे। यहाँ कोही साथी छैन।’ 

१४ जुनमा सुशान्तको पार्थिव शरीरको फोटो सोशल मिडियामा सार्वजनिक हुँदा महाराष्ट्र सरकारले शेयर गर्न प्रतिबन्ध लगाएको थियो। यसपछि भारतीय जनता पार्टीका नेता तथा अभिनेत्री रुपा गांगुलीले प्रश्न उठाएकी थिइन। उनले महाराष्ट्र सरकारको यो निर्णय सीबीआईबाट छानवीन गर्न अपील गरेकी थिइन। 

कांग्रेस नेता संजय निरुपमले दावी गरेका थिए, ‘छिछोरे’ पछि सुशान्तले ७ फिल्म साइन गरेका थिए। तर, ती सबै ६ महिनाभित्र उनीबाट छिनिएको थियो। 

सोशल मिडिया यूजर्सले पनि लगातार सुशान्तलाई न्याय दिलाउन अपील गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-07-02 08:43:24

प्रतिकृया दिनुहोस्