बर्दियामा कुलोमा डुबेर एक जनाको मृत्यु

बर्दियामा कुलोमामा डुबेर एक जनाको मृत्यु भएको छ । 

बर्दिया ठाकुरबाबा नगरपालिका ९ वेतनीस्थित खेत सिचाई गर्ने कुलामा स्थानीय २१  बर्षका रविन चौधरी कुलोमा खस्दा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यता रुपन्देहीमा एक जना बेपत्ता भएका छन् । 

यता रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं.४ भैरबघाट स्थित कञ्चन खोलामा पौडी खेल्ने क्रममा कंचन गाउँपालिका वार्ड नं.४ बस्ने  १८ बर्षका अर्जुन थापा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीे जनाएको छ । 

उद्धारको लागी इलाका प्रहरी कार्यालय रुद्रपुर घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय रुन्देहीले जनाएकाे छ।  

प्रकाशित मिति: : 2020-07-03 19:29:55

प्रतिकृया दिनुहोस्