गजल

माया मेरो पवित्र छ!

प्रितम पाण्डे

म्यानम्यार(बर्मा)

राखी हृदयमा मैले पूजा  गरें सधैं भरि
बग्दाँनी उनको आँसु पुछिदिएँ सधैं भरि।

हरेक चाहना उनको बिलम्व नगरिकन 
दौडेर गरथें पूरा खुशी दिन्थें सधैं भरि।

लाखौं ताराहरू माझ  रोजेको दिव्य एउटा
तारा ध्रुव थिइन मेरो आकाशकी सधैं भरि।

मोहिनी रूप त्यो उनको मुस्कान हँसिलो आहा
सक्तिन बिर्सन कैले  मनमा  छ  सधैं भरि

कहिले जुन पूर्णेको अौंसिको कहिले जुन
दुवै छ प्रिय मलाई जीवनमा सधैं भरि।

माया मेरो पवित्र छ, माया मेरो छ निर्मल  
धोका नदेउ है प्रिय पाप लाग्ला सधैं भरि।

प्रकाशित मिति: : 2021-01-02 21:39:00

प्रतिकृया दिनुहोस्