गलवानमा मारिएका भारतीय सेनाको विषयलाई लिएर अजय देवगन फिल्म बनाउँदै

बलिउड अभिनेता तथा फिल्म निर्माता अजय देवगनले लद्दाखको गलवान उपत्यकामा मारिएका २० भारतीय सेनाको विषयलाई लिएर फिल्म बनाउने घोषणा गरेका छन्। 

चीनसँग सीमा विवादलाई लिएर १५ जुनमा गलवान उपत्यकामा २० भारतीय सैनिकको निधन भएको थियो। 

फिल्मको व्यापार समीक्षक तरन आदर्शले आफ्नो ट्वीटमार्फत यसको जानकारी दिनेक्रममा फिल्म भारतीय सैनिकको बलिदानमा आधारित हुने बताएका छन्। 

फिल्मको कलाकारको विषयमा कुनै जानकारी दिइएको छैन। यसमा अजयले अभिनय गर्ने कुराको पनि खुलासा गरिएको छैन। अजयको प्रोडक्सन हाउस देवगन फिल्म्सले सिलेक्ट मिडिया होल्डिङ्स (एलएलपी) सँग मिलेर फिल्म निर्माण गर्ने बताइएको छ।

प्रकाशित मिति: : 2020-07-04 18:04:49

प्रतिकृया दिनुहोस्