अजयको ‘मैदान’ फिल्म अर्को वर्ष मात्र रिलिज

कोरोना भाइरस संक्रमणका कारण रोकिएको बलिउड स्टार अजय देवगनको फिल्म ‘मैदान’ अर्को वर्ष १३ अगस्टमा सिनेमा घरमा रिलिज हुने भएको छ। 

अजयले यसको जानकारी शनिबार दिएका छन्। 

यसअघि उनले ‘भुजः द प्राइड अफ इन्डिया’ को रिलिज डिजिटल प्लेटफर्मबाट गर्ने घोषणा गरेका थिए। 

उनको ‘भुजः द प्राइड अफ इन्डिया’ फिल्म हिउ ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारको स्ट्रीमबाट रिलिज हुँदैछ। 

कोरोना संक्रमणका कारण भारतमा अहिले सबै सिनेमा हल बन्द छन्। 

यस्तो अवस्थामा कलाकारहरु धमाधम डिजिटल प्लेटफर्मबाट फिल्म रिलिज गर्दैछन्।
 

प्रकाशित मिति: : 2020-07-04 19:01:23

प्रतिकृया दिनुहोस्