बलिउड निर्देशक एवं निर्माता हरिश शाहको निधन

बलिउड निर्देशक तथा निर्माता हरिश शाहको ७६ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि घाटीको क्यान्सरबाट पीडित उनको निधन भएको हो।

उनले निर्माण गरेको ‘मेरे जीवनसाथी बलिउडको चर्चित फिल्म हो। जसमा राजेश खन्ना र तनुजाको अभिनय रहेको थियो।

सन् १९७५ मा फिरोज खान र परवीन बबीको अभिनय रहेको ‘काला सोना’ सन् १९८५ मा संजीव कुमार र रेखाको फिल्म ‘राम तेरे कितने नाम’ को पनि उनले निर्माण गरेका थिए।

कोरोना महामारीका कारण अन्तिम संस्कारमा परिवारका सदस्य र आफन्तमात्रै सहभागी थिए।

प्रकाशित मिति: : 2020-07-08 13:22:34

प्रतिकृया दिनुहोस्