वरुणद्धारा दुई सय डान्सरको खातामा पैसा जम्मा

बलिउडका युवा स्टार वरुण धवन परिवारवादविरूद्धको अभियानमा ट्रोल हुने अर्का कलाकार हुन्। तर उनको यति बेला सामाजिक कार्यको पनि तारिफ भइरहेको छ। 

वरुणले करोनाका कारण प्रभावित भएका बलिउडका २ सय डान्सरलाई आर्थिक सहयोग गरेका छन्। उनले उनीहरूको खातामा सिधै पैसा उपलब्ध गराएको भारतीय अखबारले जानकारी दिएको छ। 

वरुण डान्सरहरूको सहयोगका लागि अगाडि आएको कुराको खुलासा राज सुरानीले गरेका छन्। उनी ‘ब्याकग्राउण्ड डान्सर’ हुन्। राजले आफ्नो इन्स्टामा वरुणको फोटो शेयर गर्दै यसको जानकारी दिएका हुन्। 

राज भन्छन्, ‘वरुणले समस्यामा परेकाहरूलाई सहयोग गरेका छन्। उनी हामीहरूको विषयमा निकै चिन्तित थिए।’ वरुणको ‘कूली नम्बर १’ रिलिजको तयारीमा छ। उनी सारा अली खानसँग यो फिल्ममा देखा पर्नेछन्।

प्रकाशित मिति: : 2020-07-10 12:04:15

प्रतिकृया दिनुहोस्