हुवावेलाई बेलायतमा समेत प्रतिबन्धको तयारी

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतको ५ जी नेटवर्कबाट हुवावेलाई प्रतिबन्ध लगाउने तयारी गरेका छन्। 

चीनलाई आक्रोशित बनाउने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्ने किसिममा मंगलबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले हुवावेलाई प्रतिबन्धको तयारी गरेका हुन्। यसले पश्‍चिमा मुलुकहरुमा विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण भएको हुवावेलाई स्वागत नगरिने संकेत गरेको छ ।

यसअघि अमेरिकाले बेलायती प्रधानमन्त्री जोन्सनलाई हुवावेलाई ५ जीमा सीमित भूमिका दिन जनवरीमै आग्रह गरेको थियो । तर, पछिल्लो समय चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागु गरेर बेलायतसँग हङकङलाई चीनको जिम्मा लगाउँदा भएको सम्झौताको उल्लंघन गरेको आक्रोशमा हुवावेमाथि प्रतिबन्धको तयारी गरेका हुन् । 

त्यसैगरी कोरोना भाइरसका विषयमा चीनले सत्य कुरा नखोलेको भन्दै बेलायतले यसअघि नै आक्रोश व्यक्त गरेको थियो । 

अमेरिकाले हुवावेले पश्‍चिममा जासुसी गरिरहेको आरोप लगाएसँगै बेलायतले विश्‍वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनसँग हुवावेलाई प्रतिबन्ध लगाएर आर्थिक जोखिम मोलेको छ ।

मंगलबार राष्ट्रिय सुरक्षा परिषद्‌को बैठकको अध्यक्षतामा भएको बैठकमा हुवावेको विषयमा छलफल भएको थियो । यस विषयको निर्णय मिडिया सेक्रेटरी ओलिभर डोउडेनल हाउस अफ कमन्समा सुनाउनेछन् । -रोयटर्स

प्रकाशित मिति: : 2020-07-14 17:32:27

प्रतिकृया दिनुहोस्