पर्सामा दुई नाबालिका बलात्कृत : एक पक्राउ, दुई जना फरार

पर्सा जिल्लामा तीनदिन भित्र दुई नाबालिकाको बलात्कार भएको घटना सार्वजनकि भएको छ। 

गएराति पर्साको जगरनाथपुर गाउँपालिकामा १५ वर्षीया नाबालिकाको बलात्कार भएको छ भने गत मंगलवार पनि जिराभवानी गाउँपालिकामा १४ वर्षीया नाबालिकामाथि बलात्कार भएको हो।

जिराभवानी गाउँपालिकाको बलात्कारको घटनामा १७ वर्षीय युवकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ती युवक बालिकाको छिमेकी हुन्। उनीमाथि थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी मनोजित कुँवरले जानकारी बिएल नेपाली सेवालाई जानकारी दिए।

त्यसैगरी जगरनाथपुरमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनाको सलंग्नता रहेको खुलेको छ। तर, एक जनाले मात्र करणी गरेको पीडित बालिकाले प्रहरीमा बयान दिएकी छन् ।

जगरनाथपुरका बलात्कारको घटनामा संलग्न दुई युवक गाउँपालिका अध्यक्ष जालिम मियाँका नजिकका व्यक्ति रहेको स्थानियहरुले बताएका छन् ।

मियाका भाञ्जा पर्ने नूर आलम र उनका ड्राइभर गुर्देली भन्ने सिकारी मियाँ घटनामा संलग्न भएको पीडित पक्षले जनाएको छ ।

घटना घटेपछि दुबै युवक फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

गएराती ती बालिकालाई दुई जनाले घरबाट उठाएर सुपौली गाउँको नजिक रहेको बगैचामा लगेर बलात्कार गरेका थिए । बालिकाको अहिले मेडिकल चेकजाँच गरी थप अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति: : 2020-07-17 18:36:45

प्रतिकृया दिनुहोस्