५ सय रुपैयाँमै टेलिकमको पोस्टपेड सिम

नेपाल टेलिकमको पोस्टपेड सिम अब ५ सय रुपैयाँमै खरिद गर्न सकिने भएको छ। सिममा ४ सय ६० क्रेडिट लिमिटसमेत प्राप्त हुने टेलिकमले जनाएको छ।

यस वर्षदेखि सिम र रिचार्ज कार्ड खरिदमा २ प्रतिशत स्वामित्व शूल्क लाग्ने भएपछि टेलिकमले पोष्टपेड सिमको यस अघिको मूल्य घटाएको हो। 

यसअघि पोष्टपेड सिमको मूल्य ९ सय ४५ थियो ।

प्रकाशित मिति: : 2020-07-19 13:30:37

प्रतिकृया दिनुहोस्