बिएल संवाददाता
बलिउड अभिनेता अरबाज खानले दोस्रो पटक विवाह गरेका छन्। उनले आफ्नो बहिनी अर्पिता खानको घरमा गर्लफ्रेण्ड शौरा खानसँग विवाह गरेका हुन्। जहाँ नजिकको साथीहरू र आफन्तीहरूको सहभागिता रहेको थियो।
विवाहपछि अभिनेताले सोसल मिडियामा तस्बिर सेयर गर्दै दर्शकहरूलाई आफ्नो नयाँ दुलहीलाई चिनाइरहेका छन्। भलै, उनले आफ्नो प्रेम–सम्बन्धलाई गोप्य राखे।
उनले ६ वर्षअघि मलाइका अरोडासँग डिर्भोस गरेका थिए। त्यसपछि उनले जान्जिया एन्ड्रियानीसँग डेट गरे। तर त्यो सम्बन्ध पनि धेरै समय टिक्न सकेन। जान्जियासँग ब्रेकअपपछि ५६ वर्षका अभिनेताले शौरासँग डेट गरिरहेका थिए, जुन कुरा उनले गोप्य राखिरहे।
अरबाजले विवाह गरेपछि हरकोहीको मनमा चासो बढिरहेको छ, को हुन् नयाँ दुलही? शौराको बारेमा जान्नका लागि उत्साहित भइरहेका छन् दर्शकहरू। खासमा, शौरा एक सेलिबे्रट मेकअप आर्टिस हुन्। उनले चर्चित कलाकारहरूसँग काम गरेकी छिन्। तर उनी गुमनाम छिन्।
भलै, उनी सामाजिक सञ्जालमा त्यतिधेरै उपस्थिती जनाउदैनन् तर उनको फ्लोअर्स धेरै छन्। बलिउडका कलाकारहरूको सुन्दरता निखार्नमा माहिर उनले रविना टन्डन र उनकी छोरी राशा थडानीहरूसँग काम गरेकी छिन्। र, इन्डस्ट्रीमा आफूलाई चिनाउन सफल भएकी छिन्।
अरबाज खान र शौराको लव–स्टोरी ‘पटना शुक्ला’ को सेटबाट सुरु भएको थियो। पटना शुक्लाको सेटमा जब अरबाज शौरासँग पहिलो पटक भेटेका थिए तब नै उनी शौरालाई आफ्ना मन दिएका थिए।
त्यसपछि विस्तारै उनीहरू नजिक हुन थाले अनि एकअर्कोलाई डेट गर्न थाले। उनीहरूले धेरै समय डेट गरेन अनि विवाह गर्ने निधो गरे।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया