शुक्रबार, ०८ अगस्ट २०२५

मापदण्ड पुरा नगरेपछि भारतको एन्टी डोपिङ टेस्ट ल्याब थप ६ महिना प्रतिबन्धमा

एजेन्सी

एजेन्सी

मुम्बई
News Image
• • •

विश्व एन्टी डोपिङ संस्था (वाडा) को भारतमा रहेको राष्ट्रिय डोप टेस्टिङ ल्याबको प्रतिबन्धको समयलाई ६ महिना थप गर्ने निर्णय गरेको छ। 

यसले आगामी वर्ष टोकियोमा आयोजना हुने ओलम्पिकमा भारतलाई ठूलो समस्या हुने सम्भावना बढेको छ। वाडाले गत वर्ष २३ अगस्टमा अन्तर्राष्ट्रिय मापदण्ड पुरा नगरेको भन्दै ६ महिनाका लागि प्रतिबन्ध लगाएको थियो। यस बीचमा भारतको खेल मन्त्रालयले वाडाको नियमअनुसार देशभित्र रहेको टेस्टिङ ल्याबको स्तरोन्नति गर्नुपर्ने थियो। तर, नगरेका कारण थप प्रतिबन्ध लगाउनु परेको वाडाले बताएको छ। 

वाडाले लगाएको प्रतिबन्ध फेब्रुअरीमा समाप्त भएको थियो। भारतले वाडाको नयाँ निर्णयविरूद्ध २१ दिनभित्र स्विट्जरल्याण्डमा रहेको कोर्ट अफ आर्बिटरमा पुर्नविचारका लागि मुद्धा हाल्न सक्छ। वाडाले लगाएको नयाँ प्रतिबन्ध १७ जुलाईदेखि लागु भएको छ। 

भारतमा टेस्टिङ नहुँदा कतारको दोहामा पठाउनु परिरहेको छ। यसले खर्च बढेको भारतीय खेल अधिकारीले बताएका छन्।

बिहिबार, श्रावण ०८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!