नेपालको जीडीपीभन्दा ६ गुणा ठूलो छ मुकेश अम्बानीको रिलायन्स कम्पनीको कूल आय

विश्वकै धनी व्यक्ति मध्येका एक मुकेश अम्बानीको रिलायन्स उद्योग लिमिटेडको कूल आय हालै सार्वजनिक भएको छ।

जसअनुसार रिलायन्सको कूल आय नै नेपालभन्दा ६ गुणा बढी देखिएको छ। 

हालै सर्वजनिक रिर्पाटअनुसार रिलायन्सको कूल आय १ सय ५० विलियन डलरभन्दा माथि उक्लिएको छ। भारत हाल कोरोनाका कारण गम्भीर संकटमा रहेको बेला मुकेश अम्बानीको कम्पनीले निकै ठूलो फाइदा कमाएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार विश्वको १ सय ३४ देशको कूल ग्रायस्थ आम्दानी (जीडीपी) भन्दा पनि बढी रिलायन्सको कूल आय देखिएको छ। यसको अर्थ यदी रिलायन्स छुट्टै एउटा देश भएको भए उसको अर्थतन्त्र विश्वको १ सय ३४ देशभन्दा माथि हुन्थ्यो। 

नेपालको जीडिपीको तुलनामा रिलायन्सको कूल आय ६ गुणा माथि छ। नेपालको जीडीपी २४ दशमलव ८८ बिलियन डलरको छ। 

दक्षिण एसियाका अन्य देशको तुलना गर्दा नेपालसहित अफगानिस्तान, श्रीलंका र भुटानको जीडीपीभन्दा यसको कूल आय निकै माथि रहेको छ।

हाल श्रीलंकाको जीडीपी ८७ दशमलव ३६ बिलियन डलर, अफगानिस्तानको १९ दशमलव ५४ बिलियन डलर र भुटानको २ दशमलव ५३ बिलियन डलर रहेको छ।

प्रकाशित मिति: : 2020-07-31 16:58:37

प्रतिकृया दिनुहोस्