सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई डिशहोमद्वारा राहत वितरण

डिशहोमले सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई डिशहोमद्वारा राहत वितरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पहिरो प्रभावितलाई राहत वितरण गरेको हो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ३ जम्बुका स्थानियहरुलाई पहिरो पिडित २८ घर परिवार लाई ४ लाख २० हजार रुपैया रकम राहत वितरण गरेको हो ।

स्थानिय वितरक र प्रतिनिधी पहिरो बाट अति प्रभावित जम्बु सम्म पुगेर उक्त सहयोग रकम स्थानिय परिवारहरु लाई उपलब्ध गराईएको जनाइएको छ ।

सामाजिक उत्तरदायित्व लाई मनन गर्दै डिशहोमले आफ्नो स्थापना काल देखिनै विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको छ ।

प्रकाशित मिति: : 2020-08-02 09:08:32

प्रतिकृया दिनुहोस्