अन्तर्वार्ता

‘माननीयहरुसमेत फेल हुने ठाउँमा कसरी हुन्छ सेटिङ ?’

उमेश थापा

काठमाडौं

यातायात व्यवस्था विभागका कार्यालयहरुमा दिनहुँ मानिसहरुको भिडभाड हुन्छ। नेपालको सबै यातायात कार्यालयहरुमा मानिसहरुको चाप छ।मानिसको चापसँगै ती कार्यालयहरुमा बिचौलियाहरु पनि त्यत्तिकै हुन्छन। बिचौलियाहरुको पैसा कमाउने अखडाको नै भनेका छन्, यातायात कार्यालयहरु।

बिचौलियाहरुले सिधा जनताको लाखौँ पैसा उठाएर ठग्ने गर्छन। बिचौलियाहरुको धन्दा भन्दै गइरहेको छ, यातायात कार्यालयहरु। सेवाग्राहीहरुले आफ्नाे काम समयमा सिध्याउन पाएका हुँदैनन् भने बिचौलियाहरु कार्यालयभित्र छिरेर काम सिध्याउँछन्। यातायातका कर्मचारी र बिचौलियाबीच सँठगाँठ भएका थ्रुपै घटनाहरु बाहिरिएका छन्।

कुनै यातायात कार्यालयमा कार्यालय प्रमुख र बिचौलियासँगै चियागाफ गरेको पनि भेटिन्छ। बिचौलियाहरुले पैसा कमाउन लाइसेन्स पास, रिन्यू, डेटअगाडि सार्ने लगायतका कामहरु गरे अकुत सम्पत्ती आर्जन गर्छन्।

लाइसेन्स निकै संवेदनशील हो। यसलाई हतियारको रुपमा प्रयोग गर्नु हुँदैन। बिचौलिया र कार्यालयका कर्मचारीहरु मिल्दा लाइसेन्स ज्यान मार्ने हतियार भनेका धेरै उदाहरणहरु छन।

सेवाग्राहीहरुले सहज रुपमा काम गर्न पाउने वातारण कहिलेबाट बन्छ ? बिचौलियाहरुको अन्त्य कहिले हुन्छ ? यी र यिनै विषयमा रहेर ठुलो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालय, सवारी चलाक अनुमतीपत्र कार्यालयका प्रमुख सञ्जय थापासँग बिएल नेपाली सेवाको लागि उमेश थापाले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:


तपाईंंको कार्यालयमा निकै भिडभाड छ नि ?

यो भिडभाड होइन। तपाईंं यहाँ ३ बजेसम्म बस्नुहाेस्, यहाँ भिडभाड नै हुँदैन। अहिले त यहाँ काम भइराखेको छ। जुन कार्यालयमा बिचौलियाहरु कार्यालय परिसरमा छिर्छन्, त्यस कार्यालयमा भिडभाड देखिन्छ। यो कार्यालयमा बिचौलियाहरुको प्रवेश निषेध गरिएको छ। बिचौलिया हाम्रो कार्यालयको गेट बाहिर हुन्छन् होला, त्यही पनि नेपाल प्रहरीले समात्दै लगिरहनुभएको छ।

लाइसेन्समा सेटिङ हुन्छ भन्ने आरोप छ नि ?

यो के हो भने बिचौलियाहरुले लगाएको आरोप मात्रै हो। म यो कार्यालयमा आएदेखि सबै बिचौलियाहरुले कमाउन पाएका छैन। लाइसेन्समा कुनै सेटिङ हुँदैन। अहिले माननीय हुनु भएका ज्ञानेन्द्र शाहीले पनि यहाँबाट दुई पटक ट्रयाल दिनुभयो र दुई पटक नै फेल हुनुभयाे। अनी, तपाईंं आफैं भन्नु यहाँबाट कसरी लाइसेन्सको सेटिङ हुन्छ ?

एक जनाको ट्रयालमा अर्को व्यक्तिले पनि ट्रयाल दिने प्रवृत्ति थुप्रै ठाउँहरुमा भेटिए, यहाँ त्यस्ता गतिविधि राेक्न के गर्नुभएकाे छ ?

सुरुमा जुन व्यक्तिको ट्रयाल हो त्यहीँ व्यक्ति नै ट्रयालमा उपस्थित हुनुपर्छ। ट्रयाल दिन आउँदा मानिसहरु सिकेरभन्दा पनि बिचौलियामार्फत् आउँछन्। जो व्यक्तिले सवारी साधन राम्रोसँग चलाउन सिक्नुभएको हुन्छ त्यो व्यक्ति बिचौलिया कहाँ जानुहुँदैन। बिचौलिया काहाँ जाने व्यक्तिहरु भनेको जो सवारी साधन चलाउन नजान्ने तर लाइसेन्स चाहिने व्यक्तिहरु जाने हो। सेवाग्राहीहरुले लाइसेन्सको फारम भर्नुभन्दा अगाडि सवारी साधन चलाउन सिक्न आवश्यक छ।

एकजनाको ट्रयालमा अर्को व्यक्तिले पनि ट्रयाल दिने प्रवृत्ति छ, यसलाई म मान्छु तर हाम्रो कार्यालयबाट त्यस्तो हुन नदिन हामीले फारममा फोटो टाँस्न लगाउँछौँ। त्यसले गर्दा हामीलाई थाहा हुन्छ र त्यस व्यक्तिलाई तुरुन्त कारबाही गरिराखेका छौँ।

फोटो टाँस्न लगाए पनि एक जनाको ट्रयाल अर्को व्यक्तिले दिइरहेका छन् नि ?

यसमा के छ भने नागरिकता बनाउनेहरुको गिरोह नै छ। यो गिरोहहरुले सबै जिल्लाका प्रमुखहरुको एउटै साइन गर्छन्, नागरिकतामा। उनीहरुलाई हामीले कसरी शंका गर्ने ? नागरिकता हेराैँ व्यक्ति त्यहीँ हुन्छ, उनी ट्रयाल दिने व्यक्ति पनि त्यहीँ हुन्छ तर पछि थाहा हुन्छ कि फरक मान्छेले ट्रयाल दिएको छ भनेर। तर, हामी चुपचाप त बस्दैनाैँ, थाहा पाउने बित्तिकै नेपाल प्रहरीका बुझाइ हाल्छौँ।

अहिले भने यस्तो भएको छेन। निगारानी बढाएका छौँ। ट्रयाल दिने क्षेत्रभित्र नेपाल प्रहरी, अख्तियारका कर्मचारी, सिआइभीहरु हुन्छन्। दुई/चार पैसाको लागि ट्रयाल दिने व्यक्तिहरु भने प्रक्राउ पर्छन्। यसरी काम गरिराखेका गिरोहहरुको खोजी गर्न हामीले सबै निकायमा भनेका छौँ।

यातायात कार्यालय सधार गर्न र बिचौलिया अन्त्य गर्न के कस्ता योजना अगाडि सार्न उचित हुन्छ ?

सुरुमा निर्देशिका जारी गर्नुपर्छ। बैंक कार्यालयहरु बिहान ७ बजेदेखि खुल्ला गर्नुपर्छ, जसले गर्दा सेवाग्राहीहरुले बिहानदेखि नै सेवा पाउँछन्। लाइसेन्स प्रिन्टर हरेक यातायात कार्यालयहरुमा दिन निकै आवश्यक छ। किनभने, ट्रयाल दिएको ६ देखि ८ महिना लाइसेन्स लिन कुर्नुपर्ने बाध्यता छ। प्रिन्टर हरेक कार्यालयहरुमा दिने बित्तिकै लाइसेन्स पास हुने बित्तिकै सेवाग्राहीहरुले हातमा स्मार्ट कार्ड तुरुन्त पाउनुहुन्छ।

विदेशमा भएका नेपाली नागरिकहरुले पनि नविकरण गर्न हुनुपर्छ। विदेशमा भएका नागरिकको हकमा भने उहाँहरुले त्यहीँ मेडिकल चेक जाँच गरेर यहाँ पठाए नविकरण हुने बनाउनुपर्छ। जसले गर्दा उहाँहरुको लाइसेन्सको म्याद सकिँदैन। त्यसले गर्दा राज्यलाई राजश्व त आउँछ।

ट्रयाल दिने सन्दर्भमा मानिसहरु थुप्रै जिल्लाबाट आउनुहुन्छ। अहिले मानिसहरु तीन पटक ट्रयाल फेल भएपछि ९० दिन कुर्नुपर्ने छ, यो परिपाटी हटाउनुपर्छ। त्यसले गर्दा बिचौलियाहरु मोटाउन त पाउँदैनन्।

यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयले यी नियमहरु लागु गरे भने सबै यातायात कार्यालयहरु सुधार हुनु साथै बिचौलियाहरुको अन्त्य नै हुन्छ।

प्रकाशित मिति: : 2023-01-28 17:46:00

प्रतिकृया दिनुहोस्