७७ वर्षीय अभिनेता अमिताभ बच्चनले जिते कोरोनालाई, अभिषेक अस्पतालमै

बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरसलाई जितेर घर फर्किएका छन्। 

मुम्बईको नानावती अस्पतालमा २३ दिनदेखि उपचार गराइरहेका बच्चनले आफू आइतबार डिस्चार्ज भएको सामाजिक सञ्‍जाल मार्फत जानकारी दिएका हुन्।

अस्पतालबाट डिस्चार्ज भएपछि ७७ वर्षीय बच्चनले घरमा एक्लै क्वारेन्टाइनमा बस्‍ने जानकारी दिएका छन्। उनले अस्पतालको उत्कृष्ट हेरचाहले नै आफूलाई यो दिन देख्‍न सम्भव भएको पनि बताए।

अभिताभका छोरा अभिषेक,बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोरोना संक्रमण देखिएको थियो। ऐश्वर्या र आराध्या निको भएर यसअघि नै घर फर्किसकेका छन् भने अभिषेक अस्पतालमै छन्।

कोरोना लक्षणहरु देखिएपछि आफू अस्पतालमै रहने अभिषेकले ट्विट गर्दै जानकारी दिएका छन्।

‘दुर्भाग्यवस ममा अझै केहि लक्षण अझै देखिएको छ। म अस्पतालमै हुनेछु। तपाईंहरुको लगातार प्रार्थनाको लागि धन्यवाद। म यसलाई जितेर स्वस्थ भएर फर्किने वाचा गर्छु,’ उनले लेखेका छन्।

प्रकाशित मिति: : 2020-08-02 20:19:26

प्रतिकृया दिनुहोस्