वुल्सम्यान क्लव पोखराका संस्थापक गुरुङको निधन

वुल्सम्यान क्लव पोखराका संस्थापक वुद्ध गुरुङको निधन भएको छ।

उपचारका लागि केही दिनअघि पोखराबाट काठमाडाैं पुगेका गुरुङको शनिबार बिहान ५३ वर्षको उमेरमा निधन भएको क्लवका अध्यक्ष नुना गुरुङले पुष्टि गरेका हुन्।

उनका अनुसार गुरुङको मुटुमा केही समस्या थियो। अध्यक्ष गुरुङले भने, ‘गगांलाल हृदय रोग अस्पतालमा उपचार गराउन जानुभएको थियो, तर विहान अचानक उहाँको निधन भयो।’ 

कास्की माछापुच्छ्रे ल्वाङका स्थायी वासिन्दा रहेका उनले हङकङमा व्यवसाय सञ्चालन गर्दै आएका थिए। 

उनी सहारा क्लव हङकङका अजिवन सदस्यसमेत रहेका थिए।

प्रकाशित मिति: : 2020-08-08 18:15:18

प्रतिकृया दिनुहोस्