विश्वकप

विश्वकप गुमाउँदै साविक बिजेता फ्रान्सका मिडफिल्डर पोग्बा

GETTY IMAGES
GETTY IMAGES

कतार विश्वकप 'किक-अफ' हुन २९ दिन मात्र बाँकि रहेको बेला फ्रान्सेली फुटबल फ्यानका लागि एक चिन्ताजनक खबर सार्वजनिक भएको छ । समाचारअनुसार, विश्वकप साविक बिजेता फ्रान्सका मिडफिल्डर पब्ल लाबिल पोग्बाले कतार विश्वकप गुमाउने भएका छन् ।

२९ वर्षीय पोग्बाले घुँडाको चोटका कारण विश्वकप गुमाउने भएका हुन्।इटालियन क्लव युभेन्टसबाट खेल्दै आइरहेका उनी गत सेप्टेम्बरमा दाहिने घुँडामा चोट लागेपछि  टिमबाहिर रहदै आएका छन् ।

फ्रान्सका स्टार फुटबलरका रुपमा परिचित थिए पोग्बा, फ्रान्सलाई विश्वकप जिताउनुमा उनको ठुलो भूमिका थियो। तर, आगामी कतारमा हुने विश्वकप उनले गुमाउने भनेपछि फ्रान्सलाई एउटा ठुलो धक्का परेको छ। अझ फ्रान्समा मात्र नभई यो खबरले फुटबल प्रेमीलाई पनि निराश बनाएकाे छ।

पोग्बाले अन्तिम टिममा स्थान बनाउने विश्वास गरिएको थियो तर उनको शल्यक्रियापछि पनि अवस्था गम्भीर भएपछि उनले विश्वकप गुमाउने भएका छन्। फ्रान्सकै अर्का खेलाडी एनगोलो कान्टेले पनि यसपटक विश्वकप गुमाउने भएका छन्। सन् २०१८ मा भएको फाइनल खेलमा कान्टे र पोग्बाको ठुलो भूमिका रहेको थियो तर यसपटक यिनै दुई खेलाडीले विश्वकप गुमाउँदा फ्रान्सेली राष्ट्रिय फुटबल टोलीलाई ठुलो धक्का पुगेकाे छ।

को हुन् पोग्बा ?

फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पब्ल लाबिल पोग्बाललाई फुटबल प्रेमीहरुले फ्रान्सका स्टार भनेर चिन्ने गर्छन्। सन् १९३३ मार्च १५ मा जन्मेका उनी सन् २००७ देखि फुटबल खेल्न थालेका थिए। उनले सन् (२००७- ०८)सम्म फ्रान्स यु– १६ टिमबाट खेले, (२०१०- ११)मा यु १८, (२०११- १२) यु– १९ (२०१२ -१३) यु– २० खेलेका थिए भने सन् २०१४ देखि राष्ट्रिय टिमबाट खेल्न सुरु गरेका थिए। उनले सन् २०१३ मा गोल्डेन बोइ अवार्डसमेत जित्न सफल भएका थिए।

उनी १९ वर्षको हुँदा विश्वप्रख्यात क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्न मौका पाएका थिए तर त्यसबाट उनले आफनो फुटबल करिअरको सुरुआत गरे। उनले सन २०११ १२ सम्म म्यानचेस्टर युनाइटेड, (२०१२-१६) सम्म फुटबल क्लब युभेन्टस (२०१६-२२) म्यानचेस्टर युनाइटमा खेले भने उनी २०२२ मा पुन: फुटबल क्लब युभेन्टस फर्किएका छन्।

२०१४ मा भएको विश्वकप फुटबलपछि उनको करिअरमा ठुलो असर पर्‍यो। त्यसबेला उनी फ्रान्सेली टिमबाट खेल्ने कान्छो खेलाडी थिए। युवा खेलाडी र उनको कडा प्रस्तुतिले गर्दा उनीलाई विश्वकपपछि धेरै क्लबबाट खेल्ने अवसरसमेत जुरेको थियो। उनको सोही खेलले गर्दा २०१४ मा ब्राभो अवार्ड पाउन सफल भएका थिए। उनले सन २०१८ भएको विश्वकप फुटबलको अन्तिम खेलमा गरेको निर्णयक गोलपछि उनी विश्वको उत्कृष्ट १० खेलाडीको सूचीका पर्न सफल भएका छन्।

२०१८ को विश्वकपमा पोग्बाको कस्तो भूमिका

साविक विजेता फ्रान्सले विश्वकपको अन्तिम खेलमा क्रोसियाविरुद्ध ४–१ को जित निकालेको थियो। सोही विश्वकपमा पोग्बाले फ्रान्सेली राष्ट्रिय टिममा राम्रो खेल खेलेका थिए तर उनको अन्तिम खेलमा गरेको निर्णयक गोलको उत्कृष्ट गोलमध्ये एकमा पर्न सफल भएको छ। विश्वकप आउन १९ दिन बाँकी रहँदा पोग्बाले खेल्ने गुमाउने भनेपछि फ्रान्सलाई एकदमै ठुलो धक्का पुगेकाे छ।

प्रकाशित मिति: : 2022-11-01 16:30:00

प्रतिकृया दिनुहोस्