शेयर बजारमा आकर्षक सुधार, कारोबार रकम पनि औषतभन्दा बढी

कोरोना महामारी फैलिएपछि निरन्तर घटिरहेको सेयर बजारमा सोमबार आकर्षक सुधार देखिएको छ। 

आइतबार सामान्य सुधार देखिएको शेयरबजार नेप्से सूचक सोमबार ३७.७४ अंकले बढेर १४३०.४१ विन्दुमा आइपुगेको छ। सोमबार नेप्सेमा २.७१५ प्रतिशतले बढेको हो।

मौद्रिक नीतिको प्रभावस्वरुप बैंकिङ प्रणालीमा अधिक तरलता सिर्जना भएपछि त्यसको सीधा प्रभाव सेयर बजारमा पर्ने देखिएको छ। ब्याज दर घट्दा लगानीकर्ता थप लाभान्वित भएका छन्।

यसअघि बढेको बजारबाट अल्पकालीन कारोबारीले नाफा बुक गर्दा नेप्से दबाबमा परेको थियो। पछिल्ला दिनहरुको कारोबार अवस्थाले दीर्घकालमा सेयर बजार माथितिरै लाग्ने संकेतहरु देखाइरहेका छ। तथापि कोरोनाका कारण सर्वसाधारण लगानीकर्ता अन्यौलमा परेको र लकडाउनको हल्लाले पनि यसको वृद्धिमा असर गर्दै आएको छ। 

नेप्से सूचक ३७.७४ अंकको भारी वृद्धि हुँदा कारोबार रकमसमेत औसतमा बढीको देखिएको छ। 

सोमबार कुल १८९ कम्पनीको १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ४२ लाख ५२ हजार ० कित्ता सेयर खरिदबिक्री भएका छन्। म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका परिसूचक बढेका छन्।

सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक २२३.१५ अंकले बढेको छ। त्यसैगरी, वाणिज्य बैंक समूहको सूचक ३२.९३ अंकले उकालो लागेको छ। साधना लघुवित्त र अजोड इन्सुरेन्सको सेयर १०५ ले बढेको छ। दिव्यश्वरी हाइड्रोपावरको सेयर भाउ सबैभन्दा धेरै ५.७०५ ले घटेको छ। 

खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अग्रस्थानमा रहेको छ। यसको ६ करोड ९२ लाख रुपैयाँभन्दा बढी, दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा अजोड इन्सुरेन्सको कारोबार भएको छ।

प्रकाशित मिति: : 2020-08-10 15:42:56

प्रतिकृया दिनुहोस्