‘किक २’ मा पुन: सलमान र ज्याकलिनकाे जाेडी

निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले चलचित्रको घोषणा गरेका छन्।

साजिले चलचित्र ‘किक २’ बनाउने घोषणा गरेका हुन्। चलचित्रमा नायिका ज्याकलिन फर्नान्डेजको साथमा नायक सलमान खानको मुख्य भूमिका रहने उनले बताएका छन्। 

साजिदले चलचित्रको कथा फाइनल गरेका छन्। कथा फाइनल गरेसँगै उनकी श्रीमतीले ज्याकलिनलाई जन्मदिनमा चलचित्र नै गिफ्ट गरेकी हुन्। मंगलबार नै नायिका ज्याकलिनले आफ्नो जन्मदिन मनाएकी थिइन्। 

चलचित्रको छायांकन चाँडै नै सुरु गर्ने साजिदले बताएका छन्। नायक सलमान र नायिका ज्याकलिन अभिनित चलचित्र ‘किक’ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो।

प्रकाशित मिति: : 2020-08-12 13:55:30

प्रतिकृया दिनुहोस्