‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
विक्रमवीर थापा
गोर्खा पल्टनको जन्म ब्रिटिशहरूले सन् १८१४-१६ मा इष्ट इण्डिया कम्पनी र नेपालबीच युद्ध भएको बेला खडा गरेका थिए।
नेपालमा गोर्खा पल्टन नामको कुनै पल्टन छ कि छैन, मलाई थाहा छैन। जसले नेपालको इतिहास पढेका छन्, उनले नै जान्दछन्।
इष्ट इण्डिया कम्पनी र नेपालबीच सन् १८१५ मा युद्ध भएको बेला नेपालको तर्फबाट कुन पल्टनले भाग लिएको थियो? त्यस पल्टनको वास्तविक नाम के थियो? तपाईंहरूमध्ये कसैलाई थाहा छ कि?
'गोर्खा पल्टन' नाम थियो कि? किनभने नेपालमा गोरखा भन्ने ठाउँ भएकोले। ब्रिटिशहरूले सन् १८१५ मा गोर्खा पल्टन खडा गर्दा 'गोर्खा' नभनेर 'मलाउन' नाम राखेर खडा गरेका थिए। पछि गोर्खा राखिएको हो। त्यसबेला नेपालबाट विशेष ४ जाति गुरुङ, मगर, राई र लिम्बूलाई लडाकु सिपाहीको रूपमा भर्ती गरिन्थ्यो। अरू जाति भर्ती गरिन्थ्यो भन्ने इतिहास मैले अझसम्म फेला पारेको छैन।
गुगल, क्रोममा खोज्दा पनि फेला पारिनँ। सामाजिक सञ्जाल प्रेमीहरूलाई थाहा भए मलाई बताइदिनु होस्। यतिचाहिँ मलाई थाहा छ- त्यसबेला गोर्खा पल्टनमा बाहुनलाई दुईवटा श्रेणीमा भर्ती गरिन्थ्यो। ती श्रेणी हुन्- लंगरमा भान्सेका लागि अनि मन्दिरमा पूजारी गराउनका लागि जसलाई आरटी (Regimental Tutor) भनिन्छ।
सन् १७७६ मा भने भारतीयले निक्खुर ब्राह्मिण (बाहुन) रेजिमेन्ट खडा गरेका थिए। पछि यो रेजिमेन्ट इष्ट इण्डिया कम्पनीको भयो। यो रेजिमेन्ट गोर्खासँग सम्बन्ध छैन। तपाईंहरूलाई जानकारी दिनका लागि मात्र लेखेको।
लंगरमा भान्से बाहुन हुनुपर्छ भन्ने कारणचाहिँ त्यसबेला गुरुङ, मगर, राई र लिम्बूले पनि छुवाछूत मान्थे। बृटिशहरूले यो कुरा जानेका थिए, यसैकारण कूक ट्रेडमा ब्रिटिशहरूले बाहुनलाई नै भर्ती गर्थे।
बाहुन हिन्दूहरूमध्ये सबैभन्दा माथिल्लो जाति मानिने हिन्दू परम्परा। यसैकारण भान्से श्रेणीमा काम गर्ने भान्से बाहुनलाई सम्मान दिन गुरुङ, मगर, राई अनि लिम्बू सिपाहीहरूले भान्से वा कूक नभनेर 'बाजे' भन्थे। यो 'बाजे' भन्ने परम्परा भारतीय गोर्खा पल्टनमा अझसम्म यथावत् छ, चाहे त्यो भान्से हिन्दू परम्परा अनुसार तल्लो जातको भान्से किन नै नहोस्।
आजभोलि भारतीय गोर्खा पल्टनमा कुनै पनि जाति भान्से श्रेणीमा भर्ती गरिन्छ। सन् १७७६ मा भने भारतीयले निक्खुर ब्राह्मिण (बाहुन) रेजिमेन्ट खडा गरेका थिए। पछि यो रेजिमेन्ट इष्ट इण्डिया कम्पनीको भयो। यो रेजिमेन्ट गोर्खासँग सम्बन्ध छैन। तपाईंहरूलाई जानकारी दिनका लागि मात्र लेखेको।
सन् १८१७ मा ब्रिटिशहरूले ९ गोर्खा पल्टन खडा गरे। अहिले यस पल्टनको ट्रेनिङ सेन्टर बनारसमा छ। यस पल्टनलाई बाहुन-छेत्रीको पल्टन भनिन्छ, कारण यस पल्टनमा बाहुन- छेत्री नै बढी भर्ती गरिने भएर।
जतिबेला यो पल्टन खडा गरिएको थियो, के त्यसबेला यस पल्टनमा बाहुन- छेत्री मात्र भर्ती गरिन्थ्यो र? के गुरुङ, मगर, राई अनि लिम्बू भर्ती गरिँदैन थियो ? यसबारे फेसबूक खेलाउने प्रेमीहरूले बताइदिनुहोस्। मलाई थाहा छैन।
अब गाँठी कुरा- भोलाझार, असमवासी दीपक बजागाईँले भारत स्वतन्त्र हुनुभन्दा अगाडि ब्रिटिशहरूले भारतलाई राज गरिरहेको बेला उनका राजत्वकालमा भएका गोर्खा पल्टन विषयक एवम् गोर्खा सिपाही विषयक पीएचडी गर्न लागिरहेको बेला उनीसँग मेरो दुईपल्ट भेट भएको थियो।
पहिलोपल्ट भोलाझारमा। दोस्रोपल्ट शिलाेङ मेरो कोठामा। उनी मलाई भेट्न आएका थिए। तर, एक्लै। आएको बेला मैले उनलाई 'मेघालय भूतपूर्व गोर्खा सैनिक एशोसियसन' का सचिव आनन्द थापासँग भेट गराइदिएको थिएँ।
सन् १८१७ मा खडा गरिएको गोर्खा पल्टनमा त्यसबेला के निक्खुर बाहुन-छेत्री मात्र भर्ती गरिएको गोर्खा पल्टन थियो?
दीपक बाजागाईँले मलाई भनेका थिए- 'पहिला गोर्खा पल्टनमा मगर, गुरुङ, राई र लिम्बू बाहेक अरूलाई भर्ती गरिदैनथ्यो। दोस्रो विश्वयुुद्धमा मगर सिपाहीहरू यति धेरै मारिए कि नेपालको एउटा मगर गाउँ नै रित्तो भएको थियो युवा मगरहरू दोस्रो विश्वयुद्धमा सबै मारिएकाले। दोस्रो विश्वयुद्धमा धेरै गोर्खाहरू (गु, म, रा, लि) मारिएकाले गोर्खा पल्टनमा गोर्खाहरू पूरा गर्न गोर्खाहरूबाट अरू जातिलाई पनि भर्ती गर्न थालियो।'
सन् १८१७ मा खडा गरिएको गोर्खा पल्टनमा त्यसबेला के निक्खुर बाहुन- छेत्री मात्र भर्ती गरिएको गोर्खा पल्टन थियो? सामाजिक सञ्जाल प्रेमीहरूले बताइदिनुहोस्- मलाई थाहा भएन। यदि थिए भने बाहुनहरूप्रति अन्याय हुनेछैन। बाहुनहरूले पनि गोर्खा सिपाही भएर ब्रिटिश अधीनस्थ उक्त नाै गोर्खा पल्टनबाट धेरै युद्ध लडेका थिए। यो शोधका लागि नयाँ अध्याय हुनेछ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया