काठमाडौंका १२७ सहित थप ५२५ संक्रमित थपिए, थप ४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका १२७ सहित थप ५२५ संक्रमित थपिएका छन्। मुलुकभरका विभिन्न ३८ प्रयोगशालामा गरिएको १०,८५९ वटा पीसीआर परीक्षणमा ५२५ जना संक्रमित थपिएका हुन्।

यो सहित मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

योसहित नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन्।  हाल १४ हजार ७ सय ६९ जना क्वारेन्टाइनमा छन्। 

हालसम्म ४८३,०३८ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा थप चार जना मृतकमा कोरोना पुष्टि भएको गौतमले जानकारी दिए। कोरोनाका कारण हालसम्म मृतकको संख्या ९५ पुगेको छ।

 मृतकमध्ये ७३ जना पुरुष र २२ जना महिला छन्।

प्रकाशित मिति: : 2020-08-13 16:28:16

प्रतिकृया दिनुहोस्