 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                बिमला गुप्ता
यतिबेला सबैतिर हाेलीकाे राैनकता छाएकाे छ। पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय भएकाे दिनकाे रूपमा हाेली अर्थात् फागु पूर्णिमा मनाइने गरिन्छ। त्यस्तै प्राकृतिक नियमअनुसार शरद ऋतुको बिदाईसँगै वसन्त ऋतुको अगमनको खुशीयालीमा याे पर्व मनाइन्छ। अहिलेको मौसममा खेतहरुमा गहुँ, जौँ, दाल, मकैँजस्ता दलहन बालिहरु स्याहार्ने बेला भएकाले कृषकहरु एकदमै हर्षित हुन्छन। सोही अवसरमा पनि होली मनाउने चलन रहेको वुमन्स क्रियसनकी पूर्व अध्यक्ष नुतन सरावगी बताउँछिन।
मारवाडी समुदायकी नुतन सरावगी सामाजिक कार्यहरुमा क्रियाशिल महिला हुन्। साथै उनी विभिन्न संघ संथासँग आवद्ध छिन। मधेसमा दोस्रो ठूलो चाडको रुपमा मनाइने फागु पर्वमा मारवाडी समुदायको आफ्नै मौलिकता छ। अन्य समुदायमा हर्षो–उल्लास र उमङ्गका साथ मनाइने यो पर्व मारवाडी समुदायमा भने सुरक्षा कवचको रुपमा मनाइन्छ। अकाल मृत्यु, रोग, दु:ख र बाहिरी नकारात्मक शक्तिबाट घर परिवारका सदस्यहरुलाई जोगाउन मारवाडी समुदायमा यस दिन विशेष पुजापाठ गरिने सरावगी बताउँछिन।
१६औँ शताब्दीमा बनेका मन्दिरहरुमा अहिले होली खेल्दै गरेको चित्रहरु भेटिन्छन। राज परिवारका युवा–युवतीहरू एक अर्कामाथि पिचकारीले रंग छ्याप्दै गरेको चित्रले यो प्रष्ट पार्छ कि होली एक प्राचीन पर्व हो। होलीलाई वृजको होली पनि भनिन्छ। भारतको वृन्दावन भगवान कृष्णको जन्मनगरीमा यस पर्वलाई विशेष रुपमा मनाउने गरिएकाले पनि यसलाई वृजको होली भन्ने गरीएको सरावगीको भनाइ छ।
 ‘भगवान श्री कृष्णले आफ्ना गोपिनीहरुलाई सामुहिक रुपमा रंग (अबिर) लगाइदिने भएकाले यो पर्व समुदायमा मिलेर खेल्न थालिएको धार्मिक मान्यता छ,’ उनी सुनाउँछिन्।
‘भगवान श्री कृष्णले आफ्ना गोपिनीहरुलाई सामुहिक रुपमा रंग (अबिर) लगाइदिने भएकाले यो पर्व समुदायमा मिलेर खेल्न थालिएको धार्मिक मान्यता छ,’ उनी सुनाउँछिन्।
पौराणिक मान्यताअनुसार राक्षस हिरण्यकश्यप र भगवान विष्णुका परम भक्त प्रहलादको कथा यो पर्व सँगै प्रचलनमा रहेको छ। राक्षस हिरण्यकश्यपकी बहिनी होलीकाको दहनसँगै यस पर्वलाई ‘होली’ भन्न थालिएको हो। अमरत्वको वरदान प्राप्त गरेकी होलीका आफ्नै भाइका छोरा प्रहलादलाई मार्ने उद्देश्यले काखमा लिएर जलिरहेको चितामा बसिन। तर, उनको मनसाय पूरा हुन सकेन र उनी विष्णु भक्त प्रहलादलाई मार्न सकिनन्। उल्टै उनी आफै जलेर खरानी भइन र प्रहलाद बाँचे। सोही समयदेखि फागु पूर्णिमाको एकदिन पहिले होलिका दहन गर्ने परम्परा रहिआएको छ। यसरी असत्यमाथि सत्यको विजय भएको खुशीयालीमा रगं (अबिर) लगाई हर्षीत भइन्छ।
त्यसाे त होलीका दहन मधेसका हरेक समुदायमा विषेश रुपमा मनाइन्छ। तर, मारवाडी समुदायमा अन्यभन्दा फरक मनाउने परम्परा रहिआएको नुतन सरावगीको भनाइ छ। ‘होली पर्वको ३/४ दिनअघि एकादशीका दिन गाईको गोबरबाट बडकुल्ला बनाइन्छ, मारवाडी महिलाहरुले परिवारका सदस्यअनुसार बडकुल्ला बनाउँछिन्, जसमा जन्मजात बच्चादेखि नयाँ बुहारी कोही छुट्नु हुँदैन।’
बडकुल्ला भनेको गाईको गोबरबाट बनाइने विशेष प्रकारको माला हो। यसमा गोबरलाई स–साना डल्लो आकारमा बनाएर बिचमा प्वाल बनाइन्छ र मालाजस्तै उनेर डोरीमा गासिन्छ। माला बनाउँदा परिवारका काेही सदस्य छुट्नु हुँदैन। घरका जेष्ठ अभिभावकको लागि ठूलो आकारको माला तयार गरिन्छ। गोबरको माला तयार गरिसकेपछि महिलाहरु गोबरबाट नै सुरक्षा कवच (ढाल) बनाउँछिन्। सुरक्षा कवच युद्ध मैदानमा लड्ने ढालकै आकारको बनाइन्छ। बडकुल्लाको मालालाई होलीका पुजनको लागि घर बाहिर दहन हुने स्थानमा लगिन्छ। भने, गोबरको ढाललाई घरको सुरक्षा कवचको रुपमा पूजा गरी पवित्र स्थानमा राखिन्छ। प्रत्येक वर्ष कवचलाई घरमा जम्मा गर्ने परम्परा रहेको छ। अधिक भएको खण्डमा नदिमा प्रवाह गरिदिने सरावगीले बताइन। गोबरको गोइठाको माला लगाएर होलीका दहन हुने स्थानमा पूजा गर्न जाने परम्परा रहेको छ। तर, अहिलेका युवा पुस्ताहरु लगाउँन मान्दैनन्, जसकारण हात मै लिएर घरबाट जाने गर्छन।
 होलीका दहनका लागि प्रत्येक मारवाडी परिवारले आ–आफ्नो घरमा गोबरबाटै निर्मित सानो होलीकाको मूर्ति बनाएका हुन्छन्। जसको हरेक अङ्ग गोबरको हुन्छ भने आँखा मात्र कौडीको बनाइन्छ। सरावगीकाअनुसार गोबर खरानी भएर जान्छ र कौडी आगोमा नजल्ने भएकाले यसलाई सत्यताको प्रतिकको रुपमा लगाइन्छ।
होलीका दहनका लागि प्रत्येक मारवाडी परिवारले आ–आफ्नो घरमा गोबरबाटै निर्मित सानो होलीकाको मूर्ति बनाएका हुन्छन्। जसको हरेक अङ्ग गोबरको हुन्छ भने आँखा मात्र कौडीको बनाइन्छ। सरावगीकाअनुसार गोबर खरानी भएर जान्छ र कौडी आगोमा नजल्ने भएकाले यसलाई सत्यताको प्रतिकको रुपमा लगाइन्छ।
फागु शुक्ल पूर्णिमाकाे एकदिन पहिला होलीका दहन हुन्छ, सो दिन गाउँ नगरका प्रत्येक पवित्र स्थलमा होलीका दहनको तयारी गरिन्छ। सो दिन मारवाडी महिलाहरु पूजाका लागि दिनभरी निराहार बस्छिन्। पूजा गर्न जाँदा महिलाहरुलाई रातो चुनरी र पारम्परिक नथ लगाउँन अनिवार्य मानिन्छ। होलीकाको पुजनका लागि घरका पुरुषहरु हातमा गोबरका गोइठाले निर्मित सामग्री र फलामको बाल्टिन लिएर जान्छन्। भने महिलाहरु काँचो गाइको दूध, जल गहुँको बाली, काँचो सुत मकर संक्रान्तिमा बनाएर राखिएको कालो तिलको लड्डु, सिंगाे बेसारको गाठलाई पूजाको डालीमा लिएरसँगै जान्छन। होलीका पुजनपछि महिलाहरु सामुहिक रुपमा बसेर पारम्परिक गीत गाउँछन्। हातमा मेहेँन्दी लगाउने अनिवार्य भएकाले महिलाहरु औलाको टुप्पामा भए पनि प्रतिकात्मक मेहेंन्दी लगाउँछन। होलिका दहनपछि बचेका तातो खरानीलाई प्रत्येक परिवारका पुरषले आ–आफ्नो घर लग्छन। महिलाहरुले भने खरानीलाई पवित्र (शुद्ध) मानेर त्यसमा पापड अथवा चना केराउलाई भुट्छन र प्रसादको रुममा हरेक सदस्यले खाने गर्छन।
 होलिका दहनको भोलिपल्ट मारवाडी परिवारका बुहारीहरु धागो लगाउने गर्छन। काँचो सुतले बनाइएको धागोमा बेसार लगाएर ८, १४ अथवा १६ वटा पारिवारिक नियमअनुसार गाँठ बनाइन्छ। यसरी बनाइएको धागोलाई बुहारीहरुले परिवारको सदस्यको रक्षाका लागि आफ्नो घाँटीको सिक्रीमा बान्धेर लगाउँछन्। यसरी लगाइएको धागोलाई पारिवारिक नियमअनुसार भोलिपल्ट अथवा एक महिनापछि पूजा गरेकै घरमा खोल्ने नियम छ। फुकाल्ने दिनमा पनि ब्रत बस्नुपर्ने नुतन सरावगी बताउँछिन। ‘धागो फुकाल्ने दिनमा हामी बुहारीहरुले भात अथवा रोटी कुनै एक प्रकारको अन्न मात्र खान पाउँछौँ, घरको जेठी बुहारीले एक महिनापछि वैशाखमा मात्र धागाे फुकाल्न पाउछिन्,’ उनी बताउँछिन्।
होलिका दहनको भोलिपल्ट मारवाडी परिवारका बुहारीहरु धागो लगाउने गर्छन। काँचो सुतले बनाइएको धागोमा बेसार लगाएर ८, १४ अथवा १६ वटा पारिवारिक नियमअनुसार गाँठ बनाइन्छ। यसरी बनाइएको धागोलाई बुहारीहरुले परिवारको सदस्यको रक्षाका लागि आफ्नो घाँटीको सिक्रीमा बान्धेर लगाउँछन्। यसरी लगाइएको धागोलाई पारिवारिक नियमअनुसार भोलिपल्ट अथवा एक महिनापछि पूजा गरेकै घरमा खोल्ने नियम छ। फुकाल्ने दिनमा पनि ब्रत बस्नुपर्ने नुतन सरावगी बताउँछिन। ‘धागो फुकाल्ने दिनमा हामी बुहारीहरुले भात अथवा रोटी कुनै एक प्रकारको अन्न मात्र खान पाउँछौँ, घरको जेठी बुहारीले एक महिनापछि वैशाखमा मात्र धागाे फुकाल्न पाउछिन्,’ उनी बताउँछिन्।
होलीको दिन मारवाडी परिवारमा ५६ भोगको परिकार बनाउने परम्परा रहेको छ। न हुनेले थोरै भए पनि तर अरु दिनभन्दा विशेष नै बनाउँछन। जुन शुद्ध शाकाहारी हुने गर्छ। यसदिन गुलियो पकौडी, पुरी, मुंगको दालको हलुवा र बर्फी अनिवार्य बनाइन्छ। पेय पदार्थमा पेटको शितलताको लागि काजिंवडा बनाइन्छ। परिकारहरु तयार भएपछि सर्वप्रथम पितृदेवलाई भोग लगाउने परम्परा रहेको छ। पितृको भोगमा भारतको राजस्थानमा पाइने कैर र फलीलाई अनिवार्य रुपमा चढाइन्छ। जसलाई होलीका दिनको लागि प्रत्येक मारवाडीहरुले सुकाएर राखेका हुन्छन। यसरी घर परिवारका ठूलाबडासँग आशिर्वाद लिई रंग (अबिर) लगाएर होली मनाइन्छ र दिघ्रायुको कामना गरिन्छ।

 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया