अष्ट्रिया विएनकाे पाेष्टमा डर्टमुन्डकाे ११ गाेल

जर्मन क्लब बोरुसिया डर्टमुन्डले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित दर्ता गरेको छ।

अष्ट्रियाको तिसी स्त्राहोभमा भएको खेलमा डर्टमुन्डले अष्ट्रियाको शीर्ष डिभिजन क्लब अष्ट्रिया विएनमाथि ११-२ को सानदार जित दर्ता गरेको हाे।

डर्टमुन्डले पहिलो हाफमाद नै ४-१ को अग्रता लिएको थियो। दोस्रो हाफमा ७ गोल थप्दै १ गोल खाएपनि जर्मन डर्टमुन्डलेले फराकिको जित हासिल गर्‍याे। 

खेलमा डर्टमुन्डका लागि १० फरक खेलाडीले गोल गरेका थिए। नवौं मिनेटमा अमेरिकी मिडफिल्डर जिओभानि रेइनाले पहिलो गोल गरेका थिए। रेइनाले नै २३ औँ मिनेटमा डर्टमुन्डको अग्रता दोब्बर पारे।

३३ औँ मिनेटमा क्रिस्टोफ मोन्सेनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे। तर राफाएल गुरेरो र इम्यानुएल फेराइले अन्तिम पाँच मिनेटको अन्तरमा २ गोल गर्दै अग्रता  ४-१ मा पुर्‍याए।

 ५२ औँ मिनेटमा  जेडन सान्चोले गोल गर्दै खेललाई ५-१ को स्थितिमा पुर्‍याए। एलेक्जेन्डर जुकिचले लगत्तै अर्को मिनेटमा गोल फर्काउँदै खेल ५–२ मा पुर्‍याएर 

तर ६५ औँ मिनेटमा मिडफिल्डर एमरे च्यानले गोल गर्दै टोलीलाई पुन: ६– २ काे अग्रता दिलाए। 

  मारिअस वल्फ, थोर्गन हाजार्डले र थोर्गन हाजार्डले क्रमश: खेलकाे ७३, ७६ र ७७ मिनेटमा गाेल गर्दै अग्रता ९– २ मा पुर्‍याए। 

यता जुड बेलिन्घमले ७८, टायलान डुमान र निको सुल्जले ८१ र ८६ औँ मिनेटमा गाेल गरेपछि डर्टमुन्डले ११-२ को फराकिलो जित हात पार्‍याे।

प्रकाशित मिति: : 2020-08-16 22:54:18

प्रतिकृया दिनुहोस्