मिलान युरोपा लिगको फाइनलमा, उपाधिका लागि सेभिल्लासँग प्रतिस्पर्धा गर्ने

इटालियन क्लब इन्टर मिलान युइएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ।

युइएफए युरोपा लिगको दोस्रो सेमिफाइनलमा आइतबार राति युक्रेनी क्लब शख्तर डोनेस्कलाई ५–० गोल अन्तरले हराउँदै मिलान फाइनलमा पुगेकाे हाे। 

मिलानको जितमा लौटारो मार्टिनेज र रोमेलु लुकाकुले समान दुई/दुई गोल गरे। ड्यानिलो डी आम्ब्रोसियोले थप एक गोल गरे।

खेलकाे १९ औँ मिनेटमै मार्टिनेजले गाेल गर्दै अग्रता दिलाका थिए। उनकाे एक मात्रै गाेलबाट पहिलाे हाफ १–० काे अग्रता बनाएकाे मिलानले दाेस्राे हाफमा थप ४ गाेल थप्याे। 

मिलानका लागि आम्ब्रोसियोले ६४ औँ मिनेटमा गाेल गर्दै अग्रता दाेब्बर बनाए। यता ७४ औँ मिनेटमा मार्टिनेजले व्यक्तिगत दाेस्राे गाेल गर्दै अग्रता ३–० मा पुर्‍याए। 

यस्तै लुकाकुले ७८ र ८३ ‍औँ मिनेटमा गाेल गर्दै मिलानलाई ५–० काे शानदार जित दिलाए।

मिलानले अब उपाधिका लागि शुक्रबार सेभिल्लासँग प्रतिस्पर्धा गर्नेछ।सेभिल्लाले आइतबार राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ।

स्मरण रहाेस् तीन पटकको च्याम्पियन इन्टर पाँचौपटक फाइनल पुगेकाे हाे। मिलान चारपटक फाइनलमा प्रवेश गर्दा तीनपटक (१९९१, १९९४ र १९९८) मा च्याम्पियन बन्दा १९९७ मा उपविजेता बनेको थियो।

प्रकाशित मिति: : 2020-08-18 05:58:22

प्रतिकृया दिनुहोस्