स्वराेजगार -३

विदेशीकाे भारी बाेकेर मालिक बनेका नाेर्बु (भिडियोसहित)

महेश नेपाली

कर्णाली 

नाेर्बु लामाले अहिलेकाे  राजनीतिक परिवेशदेखि दिक्क मानेर आफूलाई त्यसबाट टाढा राख्ने प्रण गरे। एक दिन फेसबुकमा पार्टी छाेडेकाे घाेषणा गरे। 

प्रधानमन्त्री केपी शर्मा ओली चुनाव–चुनाव भनिरहेका छन्। चुनाव हुन पनि सक्छ। त्यसबेला नाेर्बु जस्ता व्यापारिक पृष्ठभूमिका मान्छेकाे ठूलाे खाँचाे हुन्छ। उनलाई एक गतिलाे नेताले फकाएमा फकिन सक्छन्। फेरि उसैगरी एमाले जिन्दावाद भन्न सक्छन्।

जुम्लाका ठूला व्यापारी मध्येका एक हुन्– नोर्बु। जुम्लाकाे विमानस्थलनजिकै उनकाे ठूलो होटेल (कान्जिराेवा हाेटल प्रा.लि.)  छ जाे जिल्लाकै ठूलाे र व्यवस्थित हाेटल हो। बनाउन धेरै बाँकी छ। 

हाेटल बनाउन बाँकी रहेकाे सन्दर्भमा उनले दुइटा रमाइला किस्सा सुनाए। 

एक, 'म ऋण खाेज्दै बैक बैंक चाहरिरहेकाे थिए। एक पटक बैंक अफ काठमाडौंमा गएँ। मुख्य कार्यकारी अधिकृतलाई भेटेर भनेँ– जुम्लामा लगानी गर्नुपर्‍यो, मलाई १०-१२ कराेड ऋण चाहियाे । उहाँले भन्नुभयो– जुम्लीलाई हाेच्याएर जुम्लामा त्यत्राे लगानी गर्ने ठाउँ कहाँ छ र ? मलाई रिस उठ्याे, तिम्राे एएटा  सिङ्गो शाखा जुम्लीले चाह्याे भने एक दानाे स्याउले किनिदिन्छ। धेरै नहाेच्याऊ भनेर हिडेँ।'



'चैत १२ गते घर नआएकाे जुम्ली मर्‍याे भनी जान्नु' भन्ने जनश्रुति 

माओवादी क्रान्ति : ‘कसरी मार्ने’ सिकायो, ‘कसरी बाँच्ने’ सिकाएन



दुई, 'एक पटक वामदेव गौतम कमरेडकाेमा पर्यटन उद्याेगबारे कुरा गर्दै थिएँ। उहाँले जुम्लामा चर्पी छ र भनेर हाेच्याउनुभयाे। मेराे पाराे तातियाे। रिसले आगाे भएँ। आफ्नाे कर्मभूमिलाई कसैले हेप्याे भने घाँटी काटिदिऊँ भनेजस्ताे हुन्छ भनेर फर्किएँ।' 

उनकाे हाेटलमा जति काेठा सञ्चालनमा आएका छन् ती सबै निकै स्तरीय छन्। 'हस्पिटालिटी' मा उनले कर्णालीलाई सिकाइरहेका छन्। कर्णालीकाे पर्यटन विकासका लागि ठूला हाेटलमा लागानी गर्नुपर्ने उनकाे राय छ। आफूले लगानी गर्न सकेकाेमा छाती मैदानजस्ताे चाैडा बनाउँछन्। समग्रमा उनकाे हाेटल जुम्लाकै राम्राे मध्येको हाे।

त्यसअलबा उनी किसान पनि हुन्। गाउँमा उनकाे ठूलाे बगैंचा छ। उनी छ सय ५० बाेट स्याउ, दुई सय बाेट ओखर र २५ बाेट ससपारा भएकाे बगैंचाका मालिक हुन्। ४० वटा भेडा पनि पालेका छन्। उनी आफूलाई उद्याेगपति र किसान भनेर  चिनाउन रुचाउँछन्।



काम सिक्यो भने विदेशभन्दा गाउँघरै वेश 

छ भाइ छोरा, २३ नातिनातिनाका मौरीपालक हजुरबा



उनकाे बगै‌ंचामा फलेकाे सिमी, केराउ, साग सब्जी, फलफूललगायतकाे परिकार उनकाे हाेटलमा पनि खान पाइन्छ। हाेटलमा सात/आठ जना कामदार र बगै‌ँचामा माैसममा काम गर्ने २०/२५ जनालाई उनले पूर्णकालीन तथा माैसमी राेजगारी दिएका छन्।

सरकारले जस्तै आफूले पनि केही मान्छेलाई राेजगारी दिन सकेकाेमा गर्व गर्छन् । प्रधानमन्त्री, मुख्मन्त्री, मेयर/अध्यक्ष राेजगार कार्यक्रमलाई व्यंग्य गर्छन्। 'नेपाल सरकारले मात्र जागिर दिँदैन। मैले पनि पुग्दाे पारिश्रमिक दिएर राेजगारी दिएकाे छु। अब नाेर्बु लामा राेजगार कार्यक्रम राखे भैगाे नि !,' उनले हाेटलकाे किनारामा कफी सकाउने बेलामा भने।

एउटा राजनीतिक पहिचान बनाएकाे, नामुद व्यापारी, किसान/जमिनदारकाे पृष्ठभूमि जान्न हामीले याे लेखकाे तयारी गरेका हाैं। (पार्टी छाेड्नुकाे कारण बारे यसअघि बिएल नेपाली सेवामा भिडियाे र टेक्स दुबै प्रकाशित भइसकेको छ।) 

उनकाे कथाकाे सारांश यस्ताे छः

उनी मुगुमा जन्मेका हुन्। बुबा बितेपछि टाेके (टुहुराे) भए। तीन वर्षकाे उमेरमा आमसँगै जुम्ला आए। सुरुमा कर्णाली प्राविधिक शिक्षालय तलतिर नाओडार भन्ने ठाउँमा बसे। त्यसपछि तीन/चार दिन दानसाँगुकाे ओडारमा बसे। ओडारकाे बसाइलाई उनले शब्दमा व्यक्त गर्न चाहेनन्। हामीले पनि विगत काेट्याएर दुखी बनाउन चाहेनाैँ। उनकाे दु:ख शब्दमा व्यक्त गर्दा फिक्का हुनसक्छ।

'त्यसपछि आफन्त खाेज्याैं। महतगाउँका कालजन महतकाे घरमा मेरी सानी आमाकाे बिहे भएकाे थियाे। गाेकुल महतकाे श्रीमती हुनुहुन्थ्यो,' उनले भने, 'त्यही आश्रय लियाैं। बस्ने बासकाे व्यवस्था भयाे।'

महतगाउँकाे माटाेलाे आफूलाई हक्की बनाएकाे उनलाई लाग्छ। महत गाउँका मान्छेहरु आँटिला छन्। मुख्य कुरा उनीहरुकाे विगत झगडालु स्वभावकाे भनेर धेरैले सुनाउँछन्। नाेर्बु आफ्नाे हुर्काइ पनि त्यही भएकाले त्यस्ताे स्वभाव आफूमा विकास भएकाे स्वीकार्छन्।

त्यहीँ उनकाे बाल्यकालकाे आधाउधि समय बित्यो। त्यहीँबाट आएर बजारकाे चन्दननाथ हाइस्कुलमा छ कक्षासम्म पढे। पछि बाेहरा गाउँका महाशंकर देवकाेटाकाे घरमा बसेर चन्दननाथमा पढाउने अमेरिकन पिसकाेर भाेलेन्टियर मार्सललेसनसँग उनकाे चीनजान भयाे। उनले अंग्रेजी सिकाए। 

पढ्न सक्ने अवस्था नरहेकाले उनले स्कुल छाेडे। काम गर्न लागे। विदेशीकाे भारी बाेक्न लागे। उनीहरुसँगै पाेखरा गए। चार–पाँच वर्ष हाेटलमा भाँडा माझे। 

'पाेखरा पर्यटकीय क्षेत्र भएकाे हुनाले अरु धेरै कुराहरु सिक्ने माैका पाए। खैरेहरु आइरहन्थे। त्यसले अंग्रेजी झन् राम्राे भयाे। पछि उनीहरुकाे गाइड भएँ। थुप्रो डलर कमाए। पाेखरामै जग्गा किन्ने मन थियाे। पैसा पुगेन। आफ्नै कर्मभूमिमा आएर केही गराैँ भन्न लाग्याे। जुम्लामै जग्गा (हाेटल बनाएकाे) किनेँ।'



ओखर बेचेरै उपसचिवले भन्दा धेरै कमाउने 'खत्री', बोल्न पनि छैन फुर्सद

'हन्डर खान्छु, हार खान्न'



उनले पर्यटन व्यवसाय फस्टाउन राम्रा हाेटल चाहिने भएकाले आफूले किनेकाे जग्गामा राम्राे हाटेल बनाउने साेच बनाए। उनीसँग भएकाे पैसाले साेचेजस्ताे हाेटल बनाउन नसकेपछि बैंककाे साहारा लिन पुगे। यसै सन्दर्भ माथिका एक र दुई नम्बरका किस्सा आएका हुन्। हाल उनले बैंकबाट छ कराेड ऋण काढेका छन्। 

'हाेटल सँगसँगै खेती किसानी पनि गराैं कि भनेर लागेकाे छु। दु:ख गरेरै यहाँसम्म आइपुगियाे। अब बुढेसकालमा फेरि गाउँमै गएर एकान्तमा बस्न मन छ,' उनले यति भनेपछि हामीले कुराकानीकाे बिट मार्‍याैँ।

प्रकाशित मिति: : 2021-04-27 08:39:00

प्रतिकृया दिनुहोस्