वायर्न च्याम्पियन्स लिगको फाइनलमा, उपाधिकाे लागि पीएसजीसँग भिड्ने

जर्मन च्याम्पियन वायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ।

लिस्बनमा बुधबार भएको खेलमा  फ्रान्सेली क्लब लियोनमाथि ३–० को जित निकाल्दै वायर्न फाइनलमा पुगेको हो। 

खेलको १७ औं मिनेटमा लियोनको अग्रता लिने अवसरमा पोस्ट बाधक बन्यो। तोको एकाम्बीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहारले गोलरक्षक म्यानुएल नोएरसमेत बिट भएपनि पोस्टमा लाग्दै बल फर्कियो।

त्यही रिबाउन्ड बललाई सर्ज जिनाब्रीले नियन्त्रणमा लिँदै गोल गरे।

 ३३ औँ मिनेटमा जिनाब्रीले गोल गर्दै वायर्नको अग्रता दोब्बर पारे। पेरिसिचको क्रसमा लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक लोपेसले विफल पारेपनि जिनाब्रीले रिबाउन्डलाई गोलमा परिणत गरे। 

७९ औँ मिनेटमा वैकल्पिक खेलाडी फिलिपे कोउटिन्होले गोल गरे। तर  उनी अफसाइड पोजिसनमा रहेकाले मान्यता भने पाएन।

८८ औँ मिनेटमा वायर्नले रोबर्ट लेवान्डोस्कीले थप एक गोल थपे। जोशुआ किम्मिचको फ्रिकिक प्रहारमा लेवान्डोस्कीले हेडरमार्फत गोल गर्दै जित सुनिश्चित गरे।

यस जितसँगै वायर्नले अब उपाधि भिडन्तका लागि आइतबार फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग प्रतिस्पर्धा गर्नेछ। पीएसजीले मंगलबारको खेलमा आरबी लाइप्जिगमाथि ३-० को जित दर्ता गरेको थियो।

प्रकाशित मिति: : 2020-08-20 05:45:39

प्रतिकृया दिनुहोस्