मेरो यो मुटु मुटु झैं उन्को रोएको छ यहाँ

कविता  (झ्याउँरे छन्दमा )

प्रितम पाण्डे

(म्यान्मार)

मेरो यो मुटु मुटु झैं उन्को रोएको छ यहाँ
उन्को'नि मुटु मुटु झै मेरो रोएकै छ वहाँ

मुटुको व्यथा मुटुले बुझ्छ के भयो भनेर
भ्रममा  परि  नबस  साथी  उदास  बनेर

मुटुको गति बड्दो छ अति कसरी संभालूँ
मुटुले यहाँ जोडेको माया कसरी म फालूँ

उन्को त्यो मुटु पीडित हुँदा तड्पिन्छ यो मुटु
मुटुको बाँध  भत्केर मेरो  पग्लिन्छ  यो मुटु

दुइटै मुटु मिलेका दिन मीठो गीत् धड्कन्छ
मुटुले दिन्छ मुटुको साथ अन्यथा तड्पन्छ

कोमल मुटु रसिक मुटु  नगोडौं क्यै गरि
मुटुको गाँठो कसेर राखौं नतोडौं क्यै गरि

 

प्रकाशित मिति: : 2020-08-22 14:00:54

प्रतिकृया दिनुहोस्