२० वर्षीय पोर्चुगिज फरवार्ड फ्रान्सिस्को बार्सिलाेनामा

क्याटलान क्लब बार्सिलोनाले युवा फरवार्ड फ्रान्सिस्को ट्रिन्काओसँग औपचारिक रुपमा सम्झौता गरेको छ।

२० वर्षीय पोर्चुगिज फरवार्ड फ्रान्सिस्कोसँग बार्सिलोनाले बुधबार औपचारिक सम्झौता गरेको हो।

कप्तान लिओनल मेसीले बार्सिलाेना छाड्ने खबर बाहिरिएसँगै कल्ब युवा खेलाडीतर्फ आकर्षित भएकाे छ। यसअघि पनि बार्सिलोनाले पेड्रो गोन्जालेज लोपेजलाई अनुबन्ध गरेको थियाे।

बार्सिलोनाले १७ वर्षीय स्पेनिस युवा मिडफिल्डर पेड्रोलाई दोस्रो डिभिजन क्लब लास पाल्मसबाट अनुबन्ध गरेको हो। उनी १६ वर्षको उमेरमा गोल गर्दै पाल्मसको क्लब इतिहासमै सर्वाधिक कम उमेरको गोलकर्ता बनेका थिए।

यता फ्रान्सिस्कोलाई बार्सिलोनाले गत जनवरीमा ३१ मिलियन युरोमा पाँच वर्षका लागि पोर्चुगिज क्लब स्पोर्टिङ ब्रागाबाट अनुबन्ध गरेको थियो। 

उनलाई जुलाई १ बाट बार्सिलोनाका खेलाडी हुने गरी सम्झौता गरेको थियो।

सम्झौतासँगै फ्रान्सिस्को आगामी २०२४/२५ को सिजनको अन्त्यसम्म बार्सिलोनामा रहने छन्।

फ्रान्सिस्कोले २०१८ मा ब्रागाको सिनियर टिममा डेब्यु गरेका थिए। फ्रान्सिस्कोले ब्रागाका लागि ३३ खेलमा ८ गोल गरेका थिए।

पोर्चुगलले यूईएफए नेसन्स लिगका लागि सोमबार घोषणा गरेको टिममा फ्रान्सिस्को अटाएका छन्।
 

प्रकाशित मिति: : 2020-08-27 05:59:18

प्रतिकृया दिनुहोस्