यसरी त कसरी चल्ला र देश ?
अनलाइनखबर
नयाँ वर्षको आगमनसँगै फैलिएको दोस्रो लहरको कोरोना महामारीबाट संक्रमित हुने संख्या र मृत्युदरको ग्राफ उकालो चढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको २७ चैतमा १४ जिल्ला अतिप्रभावित भएको प्रतिवेदन सार्वजनिक गरेकोमा एक महिना नबित्दै ५२ जिल्ला महामारीबाट आक्रान्त बनिसकेका छन्।
देशव्यापी लकडाउन नगरिए पनि स्थानीय प्रशासनले निषेधाज्ञा थप कडा बनाउँदै लगेकाले रोग र भोकसँग एकैपटक लड्नुपर्ने संकट आम मानिसका सामुन्ने खडा भएको छ।
अझ, पशुपति आर्यघाटस्थित विद्युतीय यन्त्रको क्षमताले नभ्याएपछि वागमती किनारमा जलिरहेका शवको दृश्यले जो–कोहीलाई स्तब्ध बनाउँछ। वैशाख पहिलो सातातिर अस्पताल बाहिर शय्याकाे पालो कुरिरहेका संक्रमितहरुको चीत्कार जति कारूणिक र हृदयविदारक थियो, वागमती किनारमा चिताको पर्खाइमा रहेका शवहरुको दृश्यले सम्हालिन मुश्किल बनाउँछ।
‘अझ ती शव कुन उमेर समूहका हुन् भन्नेले थप स्तब्ध बनाउँछ। हामी चानचुने संकटसँग जुधिरहेका छैनौंं’, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे भन्छन्। किशोरकिशोरी र युवाको मृत्युले परिवार र समाजलाई बढी स्तब्ध बनाउने मात्रै नभएर मुलुकले पनि ठूलो क्षति व्यहोरिरहेको उनी बताउँछन्।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया