कप्तान ओईन मोर्गनको उत्कृष्ट ब्याटिङमा घरेलु टाेलि इंग्ल्यान्डले दोस्रो टि२० खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ।
म्यानचेस्टरमा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराए इंग्ल्यान्डले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएकाे छ।
ओल्ड ट्राफोर्डमा जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.१ ओभरमा ५ विकेट गुमाउँदै जित हासिल गर्याे।
इंग्ल्यान्डको सानदार जितमा कप्तान मोर्गन नायक बने। मोर्गनले ३३ बलमा ६ चौका र ४ छक्कासहित ६६ रनको योगदान दिए। मोर्गनको यो १४ औं टि२० आई अर्धशतक हो।
यस्तै डाविड मालनले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले। मलान ३६ बलमा ६ चौका र १ छक्का सहित ५४ रनमा अविजित रहे।
त्यसबाहेक इंग्ल्यान्डका जोनी बेयरस्टोले ४४ रन बनाए। उनी २४ बलमा ४ चौका र २ छक्का सहित ४४ रनमा आउट भए। यता टम ब्यान्टनले २० रन बनाए। ब्यान्टनले १६ बलमा १ छक्का प्रहार गरे।
पाकिस्तानका स्पिनर शादब खानले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए। हरिस रउफले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए।
त्यसअघि म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो।
पाकिस्तानको लागि मोहमद हाफिजले ६९ रनको अर्धशतकीय इनिङ्स खेले हफिज ३६ बलमा ५ चौका र ४ छक्का सहित ६९ रनमा क्याच आउट भए। हफिजले आफ्नो टि२०आई करिअरको १२ औं अर्ध शतक २६ बलमै पूरा गरेका थिए।
हफिजलाई अन्तिम ओभरको पाँचौ बलमा टम करनले कप्तान ओइन मोर्गनबाट क्याच आउट गराएका थिए।
यता, पाकिस्तानलाई ओपनर बाबर आजमले ५६ रनको इनिङ्स खेले। बाबरले ४४ बलमा ७ चौका प्रहार गरे। उनको यो टि२० आई करिअरको १४ औं अर्ध शतक हो।
फकर जमानले ३६ रन बनाए। स्पिनर आदिल राशिदको बलमा ठूलो सट खेल्ने धुनमा फखर टम ब्यान्टनबाट ३६ रनमा क्याच आउट हुन पुगेका थिए। फखरले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
यता, शोएब मलिकलाई ११ बलमा १ चौका सहित १४ रनमा क्याच आउट गराए। इफ्तिखर अहमद ९ बलमा ८ रन जोड्दै नटआउट रहे।
इंग्ल्यान्डका आदिल राशिदले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए। क्रिस जोर्डन र टम करनले १–१ विकेट लिए। पहिलो खेल वर्षाको कारण रद्ध हुन पुगेको थियो। तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।