एलक्लासिको अक्टोबरबाट सुरु हुने

बिएल संवाददाता

काठमाडाैैं

स्पानिस ला लिगाको नयाँ सिजन २०२०-२१ को पहिलो एलक्लासिको अक्टोबरबाट सुरु हुने भएकाे छ। 

ला लिगाले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेल २५ अक्टोबर २०२० मा क्याम्प नोउमा हुनेछ।

दुई जायन्ट क्लब बार्सिलोना र रियल मड्रिडबीच सिजनको खेल २५ अक्टोबरमा हुनेछ।

यता, रिटर्न लिग ११ अप्रिल २०२१ मा रियलको मैदान सान्टियागो बर्नाबेउमा हुनेछ।

ला लिगाको नयाँ सिजन यही १३ सेप्टेम्बरदेखि सुरु हुँदैछ। जसमा साविक विजेता रियलले पहिलो खेल गेटाफेसँग खेल्दै छ। 

यस्तै बार्सिलोनाल एल्चेसँग खेल्नेछ।

प्रकाशित मिति: : 2020-09-01 07:34:10

प्रतिकृया दिनुहोस्