बबिता घिमिरे
तिमी फूल
म पनि फूल
फूल–फूलको युद्ध चलेको यो बेला
फूलद्वारा फूल शोषित भएको यो क्षण
फूलले फूलहरूको हत्या गरिरहेको बखत
फूलहरूसँग सक्दो जोगिनु छ मैले
तिमी फूल
म पनि फूल
मलाई फूल मनपर्छ
तर माफ गर्नुस्
आस्थाको यो मन्दिरमा
चढाउन सक्दिन म कुनै फूल
गुलाबहरू धारिला भएका छन्
सुनाखरी र लालुपाते आगो भएका छन्
लालीगुराँस रक्ताम्मे भएको छ
म फूल हुँ
र मलाई पनि रहर छ
फूलसँग संसर्ग गरेर
जीवनका सबै रङहरू फुल्ने
सुरम्य बगैँचा निर्माण गरुँ
फुल्न सकुँ अप्ठ्यारा कुइनेटाहरूमा
मगमगाउन सकुँ
खेताला, ढाक्रे, पँधेर्नी र हलीहरूका
थकान र दुःखका विरुद्ध
म फूल हुँ
मन लागेको छ
तमाम यात्रीहरूको गन्तव्यमा
फूलैफूलको स्वागतद्वार बनूँ
रङहरू भर्न सकुँ
विधवाको श्वेत पहिरनमा
हावालाई छोडिजाऊँ मगमगाउने बासना
म फूल हुँ
तर, फूल–फूलको युद्ध चलेको यो बेला
फूलद्वारा फूल शोषित भएको यो क्षण
फूलले फूलहरूको हत्या गरिरहेको बखत
फूलहरूसँग सक्दो जोगिनु छ मैले
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया