बबिता घिमिरे
तिमी फूल
म पनि फूल
फूल–फूलको युद्ध चलेको यो बेला
फूलद्वारा फूल शोषित भएको यो क्षण
फूलले फूलहरूको हत्या गरिरहेको बखत
फूलहरूसँग सक्दो जोगिनु छ मैले
तिमी फूल
म पनि फूल
मलाई फूल मनपर्छ
तर माफ गर्नुस्
आस्थाको यो मन्दिरमा
चढाउन सक्दिन म कुनै फूल
गुलाबहरू धारिला भएका छन्
सुनाखरी र लालुपाते आगो भएका छन्
लालीगुराँस रक्ताम्मे भएको छ
म फूल हुँ
र मलाई पनि रहर छ
फूलसँग संसर्ग गरेर
जीवनका सबै रङहरू फुल्ने
सुरम्य बगैँचा निर्माण गरुँ
फुल्न सकुँ अप्ठ्यारा कुइनेटाहरूमा
मगमगाउन सकुँ
खेताला, ढाक्रे, पँधेर्नी र हलीहरूका
थकान र दुःखका विरुद्ध
म फूल हुँ
मन लागेको छ
तमाम यात्रीहरूको गन्तव्यमा
फूलैफूलको स्वागतद्वार बनूँ
रङहरू भर्न सकुँ
विधवाको श्वेत पहिरनमा
हावालाई छोडिजाऊँ मगमगाउने बासना
म फूल हुँ
तर, फूल–फूलको युद्ध चलेको यो बेला
फूलद्वारा फूल शोषित भएको यो क्षण
फूलले फूलहरूको हत्या गरिरहेको बखत
फूलहरूसँग सक्दो जोगिनु छ मैले
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया