इलाका प्रहरी कार्यालय बुटवलका थप ११ प्रहरीमा कोरोना संक्रमण

 इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत थप ११ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रहरी जवानदेखि जुनियर अधिकृतसम्मका २४ जनाको पीसीआर परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको कार्यालय प्रमुख डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए।

योसँगै ईलाका प्रहरी कार्यालय बुटवलमा संक्रमित प्रहरीको संख्या १५ पुगेको छ। 

थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गरिएकाे थियाे। जसमा ५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा ६३ जनामा कोरोना पुष्टि हुँदा बुटवल उपमहानगरपालिकाका ३१ जनामा संक्रमण देखिएको थियो। जसमध्ये ११ जना प्रहरी कर्मचारी रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलमा डेढ सय जना प्रहरी कर्मचारी कार्यरत छन्।

प्रकाशित मिति: : 2020-09-01 14:01:44

प्रतिकृया दिनुहोस्