‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
बिएल संवाददाता
सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा बढेको बेथिति सार्वजानिक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालयलाई सूक्ष्म निगरानीमा राखेको छ।
सवारी चालक अनुमति प्रमाणपत्र बनाइदिएबापत, 'मोटो आर्थिक चलखेल' हुने गरेको सञ्चार माध्यमहरूमा समाचार प्रकाशन तथा प्रशारण भएपछि अख्तियारले लहान यातायातमा सूक्ष्म निगरानी थालेको हो।
निगरानीकै सिलसिलामा गत शनिबार महोत्तरीको बर्दिबासस्थित अख्तियार कार्यालयले लहानको ग्रामीणमा रहेको ट्रायल सेन्टरको अवलोकन गरेको छ।
ट्रायल सेन्टरमा सीसी क्यामेरा जडान गरिए पनि अफ गरेर ट्रायल लिने गरिएको थियो। 'शनिबार ट्रायल सेन्टरमा अख्तियारका ३ कर्मचारीले अवलोकन गरेकाे हो', अख्तियारले लहान यातायात सूक्ष्म निगरानी सुरू गरेको पुष्टि गर्दै लहाल यातायात कार्यालयका सूचना अधिकारी रोहित कोइरालाले भने, 'यसअघि साउन महिनामा पनि अख्तियारले कार्यलयका केही काजपत्र लगेको थियो।'
यातयात कार्यालयका कम्प्युटर अधिकृत विजय दाहालको नेतृत्वमा यहाँ लाइसेन्स बिक्रीवितरण हुँदै आएको छ। तलदेखि माथिसम्म सेटिङ गरेर दाहालले लाइसेन्स बिक्रीवितरणबाट मासिक ५ करोड रूपैयाँ अनाधिकृत रूपमा असुल्दै आएको सार्वजानिक भएको थियो।
बताइएअनुसार दाहालको लाइसेन्स बिक्रीवितरण धन्दामा कार्यालय प्रमुख कुशेस्वर साह र बिचौलियाहरू राजेश साह, जयप्रकास साह (जेपी), शिव नारायण यादव, नन्दन खेतानलगायतको प्रत्यक्ष संलग्नता छ।
त्यस्तै यातायातका कार्यालयका प्राविधिक फाँटका इञ्जिनियर रामानन्द साह, लाइसेन्स शाखाका सहायक अधिकृत प्रेम कार्कीलगायतको प्रत्यक्ष संलग्नता छ।
यस विषयमा प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्दा कार्यालय प्रमुख कुशेस्वर साहले बिएल नेपाली सेवाका प्रतिनिधिलाई एक्लै कार्यलयमा आएर भेट्न आग्रह गरे।
'शनिबार ट्रायल सेन्टरमा अख्तियारका ३ कर्मचारीले अवलोकन गरे', अख्तियारले लहान यातायात सूक्ष्म निगरानी सुरू गरेको पुष्टि गर्दै लहान यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी कोइरालाले बिएल नेपाली सेवालाई भने, 'यसअघि साउन महिनामा पनि अख्तियारले कार्यलयका केही काजपत्र लगेको थियो।'
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया