यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा बढेको बेथिति सार्वजानिक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालयलाई सूक्ष्म निगरानीमा राखेको छ।
सवारी चालक अनुमति प्रमाणपत्र बनाइदिएबापत, 'मोटो आर्थिक चलखेल' हुने गरेको सञ्चार माध्यमहरूमा समाचार प्रकाशन तथा प्रशारण भएपछि अख्तियारले लहान यातायातमा सूक्ष्म निगरानी थालेको हो।
निगरानीकै सिलसिलामा गत शनिबार महोत्तरीको बर्दिबासस्थित अख्तियार कार्यालयले लहानको ग्रामीणमा रहेको ट्रायल सेन्टरको अवलोकन गरेको छ।
ट्रायल सेन्टरमा सीसी क्यामेरा जडान गरिए पनि अफ गरेर ट्रायल लिने गरिएको थियो। 'शनिबार ट्रायल सेन्टरमा अख्तियारका ३ कर्मचारीले अवलोकन गरेकाे हो', अख्तियारले लहान यातायात सूक्ष्म निगरानी सुरू गरेको पुष्टि गर्दै लहाल यातायात कार्यालयका सूचना अधिकारी रोहित कोइरालाले भने, 'यसअघि साउन महिनामा पनि अख्तियारले कार्यलयका केही काजपत्र लगेको थियो।'
यातयात कार्यालयका कम्प्युटर अधिकृत विजय दाहालको नेतृत्वमा यहाँ लाइसेन्स बिक्रीवितरण हुँदै आएको छ। तलदेखि माथिसम्म सेटिङ गरेर दाहालले लाइसेन्स बिक्रीवितरणबाट मासिक ५ करोड रूपैयाँ अनाधिकृत रूपमा असुल्दै आएको सार्वजानिक भएको थियो।
बताइएअनुसार दाहालको लाइसेन्स बिक्रीवितरण धन्दामा कार्यालय प्रमुख कुशेस्वर साह र बिचौलियाहरू राजेश साह, जयप्रकास साह (जेपी), शिव नारायण यादव, नन्दन खेतानलगायतको प्रत्यक्ष संलग्नता छ।
त्यस्तै यातायातका कार्यालयका प्राविधिक फाँटका इञ्जिनियर रामानन्द साह, लाइसेन्स शाखाका सहायक अधिकृत प्रेम कार्कीलगायतको प्रत्यक्ष संलग्नता छ।
यस विषयमा प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्दा कार्यालय प्रमुख कुशेस्वर साहले बिएल नेपाली सेवाका प्रतिनिधिलाई एक्लै कार्यलयमा आएर भेट्न आग्रह गरे।
'शनिबार ट्रायल सेन्टरमा अख्तियारका ३ कर्मचारीले अवलोकन गरे', अख्तियारले लहान यातायात सूक्ष्म निगरानी सुरू गरेको पुष्टि गर्दै लहान यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी कोइरालाले बिएल नेपाली सेवालाई भने, 'यसअघि साउन महिनामा पनि अख्तियारले कार्यलयका केही काजपत्र लगेको थियो।'
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया