१० लाख दाइजो नदिँदा हत्या !

 मागे जति दाइजो नदिएको भन्दै भगाएर विवाह गरेपछि छोरीको हत्या भएको आरोप आफन्तले लगाएका छन्। सुनसरीको देवागंज गाउँपालिका ३ की २२ वर्षीय रिङ्की कुमारी मेहतालाई भगाएर बिहे गरेको परिवारले मागेको १० लाख दाइजो नदिएको नाममा उनकै हत्या गरेको आरोप लागेको हो। 

भदौ ३ गते सोही गाउँपालिका–४ निवासी रमेशकुमार मेहताले छोरीलाई अपहरण शैलीमा जबरजस्ती भगाएर घर लगेको २४ घण्टा नबित्दै दाइजोको लागि हत्या गरेको मृतकका बुवा जयकिशोर महतोको आरोप छ। 

विराटनगरस्थित ईडन वर्ग कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत रिङकु भदौ १ गते गढी गाउँपालिका ४ स्थित छिटहामा रहेको दाजु जयप्रकाश मेहताको घर गएकी थिइन्।

विराटनगरस्थित ईडन वर्ग कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत रिङकु भदौ १ गते गढी गाउँपालिका ४ स्थित छिटहामा रहेको दाजु जयप्रकाश मेहताको घर गएकी थिइन्।

 

 

प्रकाशित मिति: : 2020-09-07 00:35:17

प्रतिकृया दिनुहोस्