युरोपियन नेशन्स लिग फुटबलमा वेल्सले लगातार दोस्रो जित दर्ता गरेको छ।
आइतबार राति भएको खेलमा समूह बी मा रहेको वेल्सले बुल्गेरियामाथि १–० को जित दर्ता गरेको हो।
वेल्सको जितमा इन्जुरी समयको चौथो मिनेट अर्थात ९४ औँ मिनेटमा नेको विलियम्सले गरेको गोल नै निर्णायक बन्यो।
वेल्स पछिल्लो ८ खेलमा अपराजित रहेको छ।
वेल्सले बिहीबार भएको खेलमा फिनल्याण्डमाथि १–० कै जित दर्ता गरेको थियो।