खरिपाटी आइसोलेशनको अनुगमन

प्रतिनिधिससभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित नेपाल विधुत प्राधिकरण तालिम केन्द्रमा स्थलगत अनुगमन गरेको छ ।

अनुगमनमा क्रममा खरिपाटी आइसोलेशनमा भइरहेको ब्यवस्थापनका उचित ढंगले गरिएको पाइएको उपसमितिका संयोजक एवं संसद जीवनराम श्रेष्ठले बताए।
उनले उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा खरिपाटी जस्तै अन्य स्थानमा पनि आइसोलेशन बनाउनुपर्ने उल्लेख गरे। नेपालमा नै कोरोना महामारी बढ्दै गएकाले समितिले कोरोना उपचारको अवस्थाका बारेमाा बिभिँन्न स्थानमा गएर अनुगमन गरेको उनले बताए।

सो क्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रका प्रमुख डा. प्रेमराज ज्ञवालीले भक्तपुर अस्पताल कोरोना हबको रुपमा सञ्चालन भएका कारण पीसीआर मेसिन उपलब्ध गराइदिन आग्रह गरे। उनले भक्तपुरमा मेसिन नहुँदा कहिलेकाही रिपोर्ट आउन सात दिन लाग्ने गरेको गुनासो गरे।

अनुगमन टोलीलाई भक्तपुर अस्पतालका सुपरिटेन्डेन डा. सुमित्रा गौतमले आइसोलेसनमा भइरहेको गतिविधि र ब्यवस्थापनबारे जानकारी गराएकी थिइन्। 
उक्त आइशोलेशनमा हाल ४७ पुरुष र २७ महिला संक्रमित उपचाररत छन्।

प्रकाशित मिति: : 2020-09-10 23:11:26

प्रतिकृया दिनुहोस्