सरकारमा जाने रुची छैन– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने कुनै रुची नभएको बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

देशमा एउटा ठुलो आन्दोलन आवश्यक रहेको बताउँदै आफूहरूको सरकारमा जाने मनस्थिती नभएको उनको भनाइ थियो।

‘छिट्टै हामी ठूलै आन्दोलनमा जानुपर्ने छ,’ प्रचण्डले भनेका छन्, ‘हामी यथास्थितिवादी पार्टीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन। जनतासँगै ठिक छौं। हाम्रै वर्गसँग ठिक छौं।’

प्रकाशित मिति: : 2025-05-01 15:23:00

प्रतिकृया दिनुहोस्