नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरव इमिरेट्स (यूएई) आइतबार पुग्ने भएका छन्।
सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले सन्दीप शनिवार यूएईतर्फ लाग्ने बताएका हुन्।
क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० मा सन्दीप सम्मिलित जमैका तलावाज सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो। नाइट राइडर्सले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै चौथो पटक उपाधि जितेको छ।
प्रत्याेगितमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए। जसमा उनले १० इनिङमा ४० ओभर बलिङ गर्दै १ मेडनसहित २ सय ११ रन खर्चे।
सन्दीपलाई जमैकाले १ करोड भन्दा बढी नेपाली रुपैयाँमा जमैकाले अनुबन्ध गरेको थियो।
सन्दीप लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट आईपिएल खेल्ने छन्। आईपिएल सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने छ। उनी त्यहाँ गएर दुई हप्ता क्वारेन्टाइनमा बस्ने छन्।
स्मरण रहाेस् दिल्लीले आईपीएलमा सेप्टेम्बर २० मा किंग्स इलेभेन पञ्जावसँग खेल्दै सुरुवात गर्ने छ।