रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

रुपन्देही ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो।

भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना भाइसकाे संक्रमण पुष्टि भएको थियो। 

भदौ १६ गते कोरोना अस्पतालमा भर्ना भएर भेन्टिलेटरको सहायतामा उपचार भइरहेकाे थियाे। 

तर, २४ गते श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार राति साढे १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

उनी मधुमेहका बिरामी थिए।

योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १७ पुगेको छ।

प्रकाशित मिति: : 2020-09-12 08:23:52

प्रतिकृया दिनुहोस्