कांग्रेस संसदीय दल

कांग्रेसमा मतदान जारी: हेरौं कसले जित्ने हुन् ?

रविन भण्डारी

काठमाडाैँ

यो आलेख लेख्न बस्दै गर्दा सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बेग्लै उत्साह छ। त्यहाँ संसदीय दलको नेता चयनका लागि मतदान भइरहेको छ।

‘युवा’ नेतादेखि ‘पाका’ नेतासम्म कार्यालय छेउतिर खचाखच भरिएका छन्। संसदीय दलको नेता छान्न सांसदहरू लाइनमा छन्। निर्वाचनपछि कांग्रेस पहिलाे पार्टी बन्याे। एकातिर सत्ता गठबन्धन कामयै छ। अर्कातिर प्रधामन्त्री उसकै भागमा पर्नेछ। कांग्रेस सांसदहरूले दलकाे नेतासँगै प्रधानमन्त्री पनि छान्दैछन्।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदनमा छन्। सिंहदरबारमा देखिएको नयाँ दृश्य रमाइलो छ। ‘देउ–बा’विरूद्ध ‘गगन दाइ’ दिएको उम्मेदवारी अर्थपूर्ण छ। फुसबु्क, ट्वीटर र युट्युबजस्ता सामाजिक सञ्जालमा गगनको व्यापक चर्चा छ। चिया–चौतारीमा पनि उनकै चर्चा छ।

नब्बे प्रतिशत चियाकर्मी र सञ्जाल प्रयोगकर्ता गगनको जित् चाहन्छन्। तर मतदान सिंहदरबारमा हुँदैछ, त्यहाँ कांग्रेसका ८९ जना ‘युवा–पाका’ सांसद छन्। मतदान गोप्य छ। उनीहरू दुईमध्ये एकजना रोज्ने छन्– शेरबहादुर देउवा वा गगन थापा। यो भनिराख्नै पर्दैन्थ्यो तरपनि भनिहालौँ– देउवा पाका नेता हुन्, गगन युवा।

देउवा पटकपटक प्रधानमन्त्री भइसके, गगन एकपटक मन्त्री। एउटा विवादित वाक्य पनि राखौँ– देउवा ‘आरजु र दिल्ली’को भलो चाहन्छन्, गगन युवापुस्ता। उनी रुपान्तरण र पुस्तान्तरणको एजेन्डा वरिपरि घुम्छन्। आलाेचकहरू गगनलाई अमेरिकी मतियार पनि भन्छन्। बाख्रा पाल्याे, अनुदान खायाे भन्छन्। तर त्याे सत्य नहाेस्। हाे भने पनि सुध्रिनैपर्छ।

याे संसदीय दलकाे निर्वाचन देउवाले नजित्नुपर्ने र गगनले जित्नुपर्ने अनेकौँ कारण छन्, एक हिसाबले भन्दा ‘गगन थापा’ नामै काफी छ। फेरि भनौँ उनले जितून्, कांग्रेसका सांसदहरूले उनैलाई रोजून् र रुपान्तरण खोजून्। देउवालाई हराउन्।

गगन हक्की स्वभावका छन्। उनी निडर र मनको लागेको कुरा निर्धक्क भन्छन्। तर देउवा बेग्लै स्वभावका छन्। उनी पटकपटक प्रधानमन्त्री हुँदापनि विवादको घेराभन्दा बाहिर निस्किनै सकेनन्। गगनकाे मूल्याङ्कन एक वाक्यमा मात्रै हुन सक्दैन। यसकाे लामाे कथा छ। तर अहिलेकाे युवामा देउवाभन्दा गगन अब्बल छन्। सत्य यहीँ हाे।

गगनका लागि गजबकाे संयाेग छ। अर्का महान्त्री विश्वप्रकाश शर्मा उनीसँगै छन्। पहिलाेपटक सदन छिर्दैछन्। आज उनकाे जन्मदिन छ। अर्का युवा नेता प्रदीप पाैडेल, नेता चन्द्रकान्त भण्डारी, जीवन परियार, दीपक गिरि, याेगेश गाैचन, बद्री पाण्डे पनि गगनसितै छन्। शेखरसहित ससुरा ‘बा’ अर्जुन नरसिंह केसी, नेता बलबहादुर केसी साथमै छन्। पाका नेताकाे समर्थन र युवा नेताहरूकाे राम्राे जमघट छ। 

देउवा यसपालि बिसाउनुपथ्याे। बिसाएनन्। समूहभित्र विद्राेह पनि भएन। तर गगनले विद्राेह गरे, डा. शेखर काेइराला पछि हटे। देउवा गुटीय नेता र डा. आरजु राणाभन्दा पर पुग्नै सकेनन्। सानो झुण्डमा रमाइरहे।  पार्टीभित्र साझा नेता बन्न सकेनन्, देशका लागि राम्रो काम गरेर असल नेताको सूचीमा परेनन्। र, अब पर्दैनन् पनि। त्यसैले देउवाले बिदा गराैँ। गगनकाे उदय पर्खाैँ।

सिंहदरबारको तौरतरिका हेर्दा यस्तो लाग्छ– गगन संख्यामा कमजाेर छन्। देउवाकै भल्लाभारि हुनेछ। संसदीय दलकाे नेता उनी नै निर्वाचित हुनेछन्। देउवाले चुनाव जित्नेछन् अनि गगनले मन? कांग्रेसीहरू देउवाकाे जयजयकार गर्नेछन्। हामीहरू कांग्रेसलाई रामराम भन्नेछाैँ।

अब कांग्रेसका सांसदहरूलाई एउटा प्रश्न– संसदीय दलको नेतामा देउवालाई नै किन चुन्ने? भो अब नचुन्ने? एकपटक गगन थापालाई चुनौँ, उनैलाई मत हाल्नुहोस्। र, उनीपनि देउवाकै पथमा हिँडेभने भनौँला ‘गगन दाइ’ मुर्दावाद। अहिले सिंहदरबारमा मतदान भइरहेको छ। हेरौँ कसले जित्छ– देउवा कि गगन?

प्रकाशित मिति: : 2022-12-21 09:19:00

प्रतिकृया दिनुहोस्