बाँकेमा मालपोतका ८ कर्मचारीसहित थप ४० जनामा काेराेना

बाँकेमा मालपोत कार्यालयका ८ कर्मचारीसहित थप ४० जनामा काेराेना संक्रमण देखिएकाे छ। 

भेरि अस्पतालमा शनिबार गरिएको पीसीआर परीक्षणमा ३५ र बागेश्वरी ल्याबमा परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको छ। 

जसमध्ये १२ महिला र २८ पुरूष छन्।

मालपोत कार्यालयका ८ कर्मचारी मध्य लेखा अधिकृत समेत रहेको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

अन्य संक्रमित सबै सर्वसाधारण नागरिक रहेको उनले बताए।

योसँगै बाँकेमा मात्रै कुल संक्रमितको संख्या १ हजार ४ सय ४ जना पुगेको छ। त्यसमध्ये ४ सय १४ जना सक्रिय संक्रमित छन्।

१५ जान डिस्चार्ज

शनिबार बाँकेका १५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

हालसम्म कुल ९ सय ८५ जना उपचारपछि घर फर्किएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।

 बाँकेमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-09-12 14:03:41

प्रतिकृया दिनुहोस्