बारामा दुई केजी अफिमसहित ६० वर्षीय वृद्ध पक्राउ

बारामा दुई केजी लागूऔषध अफिमसहित सोमवार एक वृद्धलाई पक्राउ परेकी छिन्। 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वार्टर बारा उत्तरझिट्कैयाले गणले उनलाई पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा  पचरौता नगरपालिका–६ पकडीया बस्ने  बर्ष ६० का सहजमान मिया अन्सारी रहेको  गणपति सशस्त्र प्रहरी उपरिक्षक रोविनराज कर्णजितले जानकारी दिए। 

बिशेष सुराकीको अधारमा अन्सारी भारतिय सिमानासँग टाँसिएको वडा नम्वर ४ इनर्वास्थित पिलर नम्वर ३६६/६ स्थित दशगाजा क्षेत्रबाट पक्राउ गरिएको उपरीक्षक कर्णजितले बताए।

अन्सारीमाथि शंका लागेपछि चेकजाँच गर्ने क्रममा खानतलासी गर्दा उनीसँग रहेको लागूऔषध अफिमको एक/एक केजीको दुईवटा पोका बरामद गरिएको उनले बताए। 

पक्राउ परेका अन्सारीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको छ। 

अफिम सहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जनाए।

प्रकाशित मिति: : 2020-09-15 15:38:37

प्रतिकृया दिनुहोस्