भोलिबाट सार्वजनिक सवारी गुडाउन यातायात व्यवसायीको आग्रह

लामो समयदेखि बन्द गरेका यातायात व्यवसायीले असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेका छन्।

सरकारले असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरेपछि यातायात व्यवसायीहरूले सवारी धनीलाई यातायात चलाउने तयारी गर्न आग्रह गरेका हुन्।

नेपाल यातायात राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संघले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै असोज १ गते विश्वकर्मा पूजा गरेर लामो मध्यम तथा छोटो दुरीका यातायात सञ्चालन गर्न आग्रह गरेका हुन्।

चैत ११ थगतेदेखि सार्वजनिक यातायात ठप्प छन्। सरकारले असोज १ गतेदेखि सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेकोमा यातायात व्यवसायीले खुशी व्यक्त गरेका छन्।

यस्ता छन् सार्वजनिक यातायात सञ्चालनका मापदण्ड

१. श्रमिक (चालक, सहचालक, परिचालक, बुकिङ) कर्मचारीले मास्क, स्यानिटाइजर, पन्जा, फेस सिल्ड भाइजरको प्रयोग गर्नुपर्ने

२. सवारीको सिट क्षमताको पचास प्रतिशत मात्रै यात्रु राखि सरकारले तोकेको ५० प्रतिशत बढी भाडा लिन पाउने

३. यात्रुले यात्रा अवधीभर मास्क लगाइरहनुपर्ने, खाना खाजा खाने स्थानमा भौतिक दुरी कायम गर्नुपर्ने

४. सवारीमा चढ्नुअघि यात्रुलाई सेनिटाइजरको व्यवस्था गर्नुपर्ने

५. यातायात श्रमिकको कोरोना बिमा गर्न बाकी रहेका सम्पूर्ण कामहरू कम्पनीले तात्काल गर्नुपर्ने।

विज्ञप्तिमा नेपाल यातायात राष्ट्रिय महासंघकातर्फबाट अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर संघका धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर संघका रामचन्द्र कार्की  र नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राइले हस्ताक्षर गरेका छन्।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति: : 2020-09-16 17:26:16

प्रतिकृया दिनुहोस्